MENU

इशा बनिन् मिस गोरखा

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 599 पटक पढिएको

Share This

635-x-85

गोरखा : प्रथम मिस गोरखाको ताज १९ वर्षीया इशा शाहले पहिरिएकी छन् । १९ जना प्रतिस्पर्धीलाई उछिन्दै गोरखा स्वाँराकी शाहले ‘मिस गोरखा २०१७’ को उपाधि चुमेकी हुन् ।प्रतियोगिताको ग्रान्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै मिस गोरखा बनेकी हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी केन्द्रीय अध्यक्ष एवं सौदन्र्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले ‘मिस गोरखा २०१७’ इशाको शीरमा ताज पहिर्याीइदिएकी थिइन् । साथै शाहलाई १ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सामग्री पुरस्कार प्रदान गरिएको थियो ।

पहिलो मिस गोरखा घोषणा भएलगत्तैइशाले भनिन्, ‘गोरखालाई संसारमा चिनाउन केही न केही अवश्य गर्नेछु, भविष्यमा सफल मोडल बन्नेछु ।’ सदरमुकामको महेन्द्रज्योति माविबाट एसएलसी उत्र्तीण गरेकी शाह द वल्ड क्यापिटल बोर्डिङ स्कुलमा उच्च शिक्षा हासिल गर्दैछन् ।

सौदर्यकला व्यवसायी संघ गोरखाले आयोजना गरेको प्रतियोगितामा गोरखा ठूलोआँगनकी प्रकृति श्रेष्ठ फस्ट रनरअप भइन्। उनले नगद र जिन्सीगरी ५० हजार रुपैयाँ बराबरको पुरस्कार जित्न सफल भइन् । त्यस्तै बसपार्ककी विष्णु घले सेकेन्ड रनरअप भई ३० हजार बराबरको पुरस्कार जित्न सफल भइन् । सिर्जना मगरले थर्ड रनरअप भई दश हजार बराबरको पुरस्कार जितिन् ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2