MENU

दुर्घटनामा एकको मृत्यु

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 213 पटक पढिएको

Share This

635-x-85

 

मलेखु : त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतो छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका नीरिक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडौं आउँदै गरेको बा१६च ८७७३ नम्बरको स्कारपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा चितवनकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन् । घाइतेको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

खाल्डाखुल्डी भएको सडकमा तीव्र गतिमा गुडेका कारण गाडी दुर्घटना भएको बताइएको छ । रासस

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2