MENU

शीतलहर पीडितलाई प्रहरी श्रीमती संघको सहयोग

patan-college

मनोहर पोखरेल शनिवार, पुस २९, २०७४ 148 पटक पढिएको

Share This

635-x-85

लोहजरा: शीतलहरले तराइको जनजीवन कष्टकर बन्दै गइरहेका बेला नेपाल प्रहरी श्रीमती संघद्वारा सप्तरीको तिरहुत गाँउपालिका २ र ५ का पीडितलाई सहयोग वितरण गरेको छ । दुई सातादेखि बढेको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रदेश २ का प्रमुख, प्रहरी अतिरिक्त महानीरिक्षक विजयलाल कायस्थ र संघकी अध्यक्ष सिमा अर्यालको टोलीले एक सय पीडितलाई लाई कम्बल, ज्याकेट र चाउचाउ वितरण गरेको छ । तिरहुत गाँउपालीका २ मैनाकडेरीका ६८ र लोहजराका ३२ दलित, विपन्न, असहाय, एकल महिला र ज्येष्ठ नागरिकलाई राहत वितरण गरिएको डिएसपी ध्रुवकमार श्रेष्ठले बताए ।

तराई–मधेशमा हुने विपदको समयमा संघले सहयोग गर्दै आएको संघकी अध्यक्ष अर्यालको भनाइ छ । लोहजरास्थित सुरक्षा प्रहरी वेश क्यापमा आयोजित राहत वितरण कार्यक्रममा महानीरिक्षक कायस्थ, संघिय प्रहरी इकाइ कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक हरिभक्त प्रजापती, सप्तरी प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी श्रेष्ठ, वडा अध्यक्ष रमानन्द चौधरीलगायतले राहत सामाग्री प्रदान गरे ।

संघले सप्तरी, धनुषा, सिरहालगायतका जिल्लामा शीतलहरबाट प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको टोली सदस्य विन्दु ढकालले बताइन् ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2