MENU

ट्रयाक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

patan-college

अन्नपूर्ण शनिवार, पुस २९, २०७४ 368 पटक पढिएको

Share This

635-x-85

कपिलवस्तु : ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ भैरहवाबाट तौलिहवा तर्फ आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आएको लु ३२ प ५८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


ठक्करबाट मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।रासस

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2