MENU

नयाँ अध्यायको थालनी

patan-college

पार्क यङ सिक आइतवार, पुस ३०, २०७४ 378 पटक पढिएको

Share This

635-x-85

गणतन्त्र कोरियाको आयोजनामा आगामी फेब्रुअरीमा हुन गइरहेको शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) र पारा ओलम्पिक खेलमा अन्य ओलम्पिकको तुलनमा सबैभन्दा ठूलो शीतकालीन खेल समावेश भएको ओलम्पिक हुनेछ। यस ओलम्पिकमा सयभन्दा बढी स्वर्णपदक, ६ वटा भिन्न कार्यक्रम आयोजना र ठूलो संख्यामा महिला सहभागिता हुने मिश्रित कार्यक्रम रहेको ओलम्पिकले नयाँ इतिहास रच्नेछ। यस ओलम्पिकमा पचास हजारभन्दा बढी खेलाडी, पदाधिकारी तथा मिडियाले भाग लिनेछन्। फ्यङछाङ ओलम्पिकको सुरुवातसँगै चरणबद्ध रूपमा एसिया क्षेत्रमा ओलम्पिक खेलको आयोजना हुनेछ। हामी सन् २०२० मा टोकियो ग्रीष्मकालीन (समर) ओलम्पिकका लागि टर्च हस्तान्तरण गर्दछौं। त्यसैगरी सन् २०२२ मा बेइजिङ शीतकालीन ओलम्पिकको माध्यमबाट विश्वभर नै शान्ति र सद्भाव जगाउन प्लेटफर्मको रूपमा भूमिका खेल्नेछौं।

कोरियामा हुन गइरहेको यस ओलम्पिक प्रतियोगिता प्रथमपटक हुन लागेको भने होइन। कोरियाले ३० वर्षअगाडि सोल ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) सन् १९८८ को अनुभव गरिसकेकाले ओलम्पिक सम्बन्धमा शक्तिशाली तथा गौरवान्वित महसुस गर्दछौं। सन् १९५० बाट १९५३ सम्म चलेको कोरियाली युद्धले तहसनहस पारेको कोरियाले लामो समयसम्म वैदेशिक सहयोगमा निर्भर हुनुपरेको थियो। सन् १९६० मा कोरियाको प्रतिव्यक्ति आय अमेरिकी डलर सयभन्दा थोरै भएकाले अति न्यून आय भएका मुलुकको सूचीमा सूचित भएको थियो। कोरियाको सोल समर ओलम्पिक नै देशको द्रूत विकासको आधारशिला भएको थियो। यसै ओलम्पिकको माध्यमबाट कोरिया विश्वभर नै परिचित हुने अवसर मिल्नुका साथै कोरियाले भविष्यमा पनि जोखिम मोल्न सक्नेछ भन्ने दृढ विश्वास दिलाएको छ।

गणतन्त्र कोरियाले आयोजना गर्न लागेको ओलम्पिक खेलको माध्यमबाट पुनः एकपटक हामी हाम्रो शान्ति, एकता र समन्वयको परम्परालाई प्रस्फुटन गर्न चाहन्छौं।

सन् १९८८ को सोल समर ओलम्पिक खेलले शीतकालीन खेलको माध्यमबाट विश्वभर शान्ति र सद्भावका लागि एक हुने महŒवपूर्ण भूमिका खेलेको अवस्थालाई मनन गर्न सकिन्छ। गणतन्त्र कोरियाले आयोजना गर्न लागेको ओलम्पिक खेलको माध्यमबाट पुनः एकपटक हामी हाम्रो शान्ति, एकता र समन्वयको परम्परालाई प्रस्फुटन गर्न चाहन्छौं। कोरिया सरकारले फ्यङछाङ ओलम्पिकलाई शान्तिपूर्ण रूपमा आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ। कोरियाली प्रान्तको असमझदारीलाई सहज गर्न कोरिया सरकारले उपयुक्त वातावरण सिर्जना गर्न दुई कोरियाबीच वार्ता आह्वान गरेर आपसी समझदारीको निम्ति योजना तर्जुमा गरेको अवस्था छ।

सन् २०१७ नोभेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाले संकल्प जारी गर्दै खेल तथा ओलम्पिकको माध्यमले ‘शान्त र समृद्ध विश्वको परिकल्पना’ सम्बन्धी अवधारणा घोषणा गरेको छ सोहीअनुसार सुरक्षित तथा शान्तपूर्वक फ्यङछाङ ओलम्पिक आयोजना हुनेछ। यसै सन्दर्भमा हाम्रो सरकारले उत्तर कोरियासमक्ष उच्चस्तरीय वार्ताका लागि प्रस्ताव गरेर दुई कोरियाको सीमा क्षेत्र फान्मुनजोनमा यही जनवरी ९ मा वार्ताको मिति निर्धारण गरिसकेको छ। जसमा फ्यङछाङ ओलम्पिकमा उत्तर कोरियाको सहभागितासम्बन्धी छलफल हुन गइरहेको छ। उत्तर कोरियाले यस सम्बन्धमा जवाफ दिँदै क्रस बोर्डर हटलाइन टेलिफोन सेवाको पुनः सुरुवात गरेर दुई देशका अधिकारीबीचमा समन्वय गर्ने भनी जवाफ दिएको छ।

फ्यङछाङ विन्टर ओलम्पिकले घनिष्ट मित्रवत् सम्बन्ध रहेको कोरिया—नेपालको सम्बन्धमा अर्को प्लेटफर्मको भूमिका खेल्नेछ। फ्यङछाङ सहरले अन्तर्राष्ट्रिय युवाका लागि लक्षित गरेर ड्रिम कार्यक्रम २००४ बाट हरेक वर्ष नियमित रूपमा विभिन्न विन्टर स्पोर्टस क्याम्प सञ्चालन गर्दै आएको छ विशेषगरी विन्टर खेलको अनुभव लिन नसक्ने मुलुकका युवालाई लक्षित गरिएका कार्यक्रम समावेश हुने गरेका थिए।

आजको मितिसम्म ७५ वटा मुलुकबाट एक हजार पाँच सय युवा खेलाडीले भाग लिएको उक्त कार्यक्रममा नेपालबाट पनि बहुसंख्यक खेलाडीले अनुभव लिएको अवस्था छ। यिनै खेलाडीमध्ये १६६ जनाले अन्तर्राष्ट्रिय ओलम्पिक प्रतियोगितामा भाग लिइसकेका छन्। फ्यङछाङ विन्टर ओलम्पिकमा नेपालका खेलाडीको सहयोगका लागि कोरियाको सरकारी ऊर्जा निकाय कोसेप भन्ने कम्पनीले प्रायोजन गरेको छ। कोसेप हाल नेपालको अपर त्रिशूली– १ जलविद्युत् प्रोजेक्टमा सहभागी छ। कोसेपले फ्यङछाङ विन्टर ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई सहयोगस्वरूप नेपाली रुपैयाँ १० लाख उपलब्ध गराई नेपाली खेलाडीले अल्पाइन र क्रस कन्ट्री स्किमा भाग लिनेछन्।

हामीलाई आशा छ– नेपाली मित्रहरूले फ्यङछाङ ओलम्पिक खेलमा समर्थन गर्दै सहभागी भएर संसारभरिका खेलप्रमीसँगै रमाउँदै जोस तथा उत्साहका साथ विन्टर खेलको सुन्दरताको आनन्द लिनेछन्।

—पार्क नेपालस्थित गणतन्त्र कोरियाका राजदूत हुन्।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2