MENU

लैङ्गिक हिंसा कहिलेसम्म ?

patan-college

अन्नपूर्ण आइतवार, पुस ३०, २०७४ 186 पटक पढिएको

Share This

635-x-85

काठमाडौं : शनिबार राजधानीमा लैङ्गिक हिंसा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । सिटीम्याक्स बागबजारमा भएको कार्यक्रमलाई ईरामयब जनकल्याण समाज नेपाल र सामुदायिक सेवा केन्द्र पुरानो बसपार्कले आयोजना गरेको थियो ।

‘अहिले पनि पुरुष मानसिकता जस्ताको जस्तै छ । नारी फगत वस्तु मात्र ठान्ने गरिन्छ, ‘कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले भने, ‘सार्वजनिक यातायातमा यात्रा गर्दा पुरुषले महिलालाई सेफ्टीपिनले घोचेर जिस्क्याउने गरेको उजुरीसमेत पर्ने गरेको छ । यो भन्दा लज्जास्पद विषय अरू के हुन सक्ला ?’

श्रीमानले मदिरा पिएर श्रीमती कुट्ने र घरनिकाला गर्ने घटनाहरु अझै समाजमा भइरहेको वक्ताहरुले बताएका थिए । कार्यक्रममा उपत्यका सामुदायिक समन्वय परिषद्का अध्यक्ष सुरेन्द्र बोगटी, महानगरीय प्रहरी वृत्त रानीपोखरीका महिला हिंसा शाखा प्रमुख सुष्मा कठायत, सामुदायिक सेवा केन्द्रका सल्लाहकार दीपक खाँण लगायतले अन्तरक्रियामा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

सामुदायिक सेवा केन्द्रका सचिव ध्रुव खड्गी र जनकल्याण समाज नेपालकी स्वस्तिका लामाले कार्यक्रमको उपादेयताबारे मन्तव्य राखेका थिए ।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2