MENU

नानीबाबुलाई माया ठकुरीको चिट्ठी

patan-college

अन्नपूर्ण आइतवार, पुस ३०, २०७४

Share This

635-x-85_1

जानेका कुरा सुनाउने गर

 

तिमीहरू प्रविधिको युगमा हुर्किंदै छौ । चित्त नबुझेका र जिज्ञासा भएका कुराको थप प्रमाण खोज्न र तुलना गर्नसमेत सजिलो भएको छ । यसले तिमीहरूलाई उमेरभन्दा परिपक्व बनाउँदै लगेको छ । सिकाइमा कोही ठूलो-सानो हुँदैन । त्यसैले, अभिभावक र आफूभन्दा ठूलालाई पनि जानेका कुरा बाँड्न सकिन्छ । साना भाइबहिनीलाई सही बाटो देखाउनु तिमीहरूको कर्तव्य नै हो ।

maya-thakuri_1तिमीहरूले दुःखसुखबारे उमेरअनुसार बुझ्दै जानुपर्छ । व्यक्तिपिच्छे आवश्यकता र माग फरक हुन्छन् र तिनीहरूको सन्तुष्टि पनि फरक हुन्छ भन्ने कुरा जान्न जरुरी छ । यी कुरा क्षणिक हुन्छन् भन्ने पनि नबिर्सिनु है । तिम्रै साथीभाइ र समुदायमा हेरेर यसबारे जानकारी लिन सकिन्छ ।

समाजमा एकैखाले मान्छे मात्र हुँदैनन् । कोही दिनभर काम गरेर दुई छाक जोहो गर्छन् त कसैलाई कामै नगरी आरामपूूर्वक जीवन बिताउन पुग्छ । यिनीहरूबीचको फरकसमेत जान्नैपर्छ । असहाय र गरिबलाई सहयोग गर्नुपर्छ । वृद्धवृद्धाका अनुभव र सल्लाहसमेत सुन्नुपर्छ । सहयोगका लागि पर्याप्त पैसा आवश्यक हुन्छ भन्ने होइन । एक थुकी सुकी, सय थुकी नदी भनेझैं साथीसाथी मिलेर खाजा खर्चबाट पनि केही रकम जम्मा पार्न सकिन्छ । दुःखमा परेकालाई सहयोग गर्न सकिन्छ । सहयोगको परिमाणभन्दा पनि सेवाभाव ठूूलो हुन्छ ।

तिमीहरूले चित्त नबुझेका कुरा स्पष्ट राख्न सक्नुपर्छ । पारिवारिक वातावरणअनुसार रुचि प्रष्टसँग भन्नु पर्छ । लगामबिनाको स्वतन्त्रता राम्रो हुँदैन । त्यसैले परिवार, समाजप्रति उत्तरदायी र जिम्मेवार बन्नै पर्छ । समाजका हरेक क्रियाकलापमा सामेल हुनुपर्छ । प्रविधिले मान्छेलाई एक्ल्याउँदै छ भन्ने कुरासमेत बुझ्न आवश्यक छ । हरेक व्यक्तिका आफ्नै कमजोरी हुन्छन् । यो स्वाभाविक कुरा हो । कमजोरी सुधार गर्दै लैजानुपर्छ ।

आफूले जानेका कुरा अरूलाई सुनाउने बानीले एकातिर स्मरण शक्ति बढ्छ भने अर्कोतिर बोल्ने बानीको विकास हुन्छ । किताब छान्दा बडो सचेत हुनुपर्छ । विज्ञान विषयका किताबले ज्ञानको दायरा फराकिलो पार्छ । हरेक कुरालाई विज्ञानसँग जोडेर हेर्न र बुझ्न सकियो भने अझ विश्वासिलो हुन्छ । हाम्रा परम्परागत लोकसाहित्यको पनि उत्तिकै महत्व छ । यसलाई पनि भुल्नु हुँदैन नि ! यी हाम्रा सम्पत्ति हुन् । इतिहास, कला, साहित्य, संस्कृति, भाषा आदिबारे जानकारी हुनैपर्छ । यसलाई हाम्रो तहअनुसार बढाउँदै लैजानु आवश्यक छ ।

आपूmले आफंैलाई प्रश्न गर्ने बानी गर्नुपर्छ । कुनै पनि काम ठूलो र सानो हुँदैन । म अरूका लागि के गर्न सक्छु । मेरो परिवारले के गरिरहेको छ भन्ने थाहा हुनुपर्छ । यसबारे परिवारका अन्य सदस्यलाई सचेत गराउनुपर्छ । साथीभाइ, इष्टमित्र र छिमेकी कस्तो बेला काम लाग्छन् भन्ने पनि बुझ्न आवश्यक छ । तिमीभित्र जबसम्म केही गरेर देखाउँछु भन्ने विचार आउँदैन, तबसम्म जीवनमा केही नयाँ काम गर्न सकिँदैन ।

म पनि निरन्तर संघर्ष गर्दै यहाँसम्म आइपुगेकी हुँ । नौ वर्षकी हँदासम्म म बाल श्रममा थिएँ । मलाई झन्डै म जत्रै बच्चा हेर्ने काम दिइएको थियो । यो मेरी आमाको बाध्यता पनि थियो । मसँग विद्यालय गएको अनुभवसमेत छैन । प्राइभेट परीक्षा दिएर एसएलसी पास गरेँ । पछि स्नातक तहसम्मको अध्ययन गरेँ । आफैंले देखेभोगेका कुराहरू समेटेर धेरै कथा लेखेकी छु । जीवनमा नयाँ नयाँ कुरा सिकिरहेकी छु ।

(कथाकार ठकुरीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost