MENU

हामीलाई अनाथ नभन

patan-college

रामकला खड्का आइतवार, माघ १४, २०७४

Share This

635-x-85_1

सावित्री शाही अहिले १३ वर्षकी भइन्। हुम्लामा जन्मिएकी सावित्री तीन वर्ष पनि नपुग्दै उनका आमाबाबु भारत पसेका थिए। आफन्तले ल्याएर तारकेश्वर ३, आँपचौरस्थित मातृ नेपाल अपाङ संघमा उनलाई बुझाएपछि सावित्रीको पालनपोषण संस्थाद्वारा संचालित बालगृहमा हुन थाल्यो। उनी अहिले सोही ठाउँमा रहेको नार्गाजुन ठूलागाउँ सेकेन्डरी स्कुलमा कक्षा ७मा पढ्छीन्। पढार्ईमा उनी निकै तेज छिन्। कक्षामा सँधै अग्रणी स्थानमा आउने उनी परिक्षामा ८३ प्रतिसतभन्दा बढी अंक ल्याउँछिन्। अँग्रेजी विषय सजिलो लागेपनि सामाजिक शिक्षा भने उनलाई अलि गाह्रो लाग्छ। भविष्यमा डाक्टर बन्ने लक्ष्य राखेकी सावित्रीको आफ्नो गाउँमा गएर त्यहाँका गरिव जनताको निशुल्क उपचार गर्ने इच्छा छ।

Image may contain: 1 person, hat and closeup

उनीसँगै बालगृहमा बस्दै आएका १५ बर्षिय राजा कुलाला भविष्यमा मेकानिकल इन्जिनियर बन्न चाहन्छन्। त्यसैले त बालगृहका बत्ति बिग्रिए बनाउन तम्सिहाल्छन् उनी। मास्टर चार्जर, मोबाइललगायतका सामाग्रि पनि उनले नै बनाइदिन्छन्। निकै जिज्ञासु स्वभाबका राजा मिस्त्रीहरूसँगै बसेर नयाँ काम आफै सिक्न खोज्छन्। ८ वर्षको उमेरमा बालगृहमा आइपुगेका उनी नयाँ परिवारमा आफूले आमाबुबा मात्रै नभई दाजुभाइ दिदीबहिनी र साथीहरू पाएकोमा निकै दंग छन्। यद्यपी बालगृह रहेको गाउँका केही मानिसले कहिलेकाहीँ भेट्दा ‘तिमीहरू अनाथ आ श्रममा बस्ने बालबालिका होइनौ ? ’ भनेको सुन्दा उनलाई निकै नरमाइलो लाग्छ। ती पेचिला शब्दबाँणका पीडा पोख्दै उनले भने, ‘अनाथ आ श्रममा बस्नु हाम्रो रहर होइन, बाध्यता हो।’

राजासँगै कक्षा ९मा पढ्ने उषा शाह सानैमा बालगृहमा आइपुगेकी हुनाले उनको आफन्तको पत्तो लागेको छैन। त्यसैले उनको जन्मदर्ता नै संस्थाबाट बनाउने तयारी भइरहेको छ। बालगृहमा आ श्रीत अन्य साना भाइबहिनीलाई असाध्यै माया गर्ने उषा कथाका किताबहरू हेरेर राम्रा चित्र बनाउँछिन्। कहिलेकाहीं केही मानिस आएर तिमीहरूलाई पैसा दिउँला बालगृहको गतिविधि हामीलाई भन भन्दै मानसिक दवाव दिने गरेको र केही खराब ब्यक्तिहरू आएर आफ्ना आमाबाबुलाई दुख दिएको देख्दा उनलाई पनि दुख लाग्छ। ‘कसैले पनि यसो नगरिदिए हुन्थ्यो, हामीलाई अनाथ नभनिदिए हुन्थ्यो र सँधै राम्रोसँग पढ्न पाए हुन्थ्यो’, उनका चाहना यत्तिनै हुन्।

आमा प्रसव वेदनाकै क्रममा बितेपछि रुकुमका प्रदिप बिकका बाबु बेपत्ता भए। भर्खर पाँच वर्ष पुगेका प्रदिप कुपोषणले बाँच्नै गाह्रो हुने अवस्थामा पुगिसकेका थिए। तर बालगृहको आ श्रयमा आएपछि उनी अहिले निकै हृष्टपुष्ट देखिन थालेका छन्। बालगृहमा आ िश्रत ४३ जना बालबालिकामध्ये उनी कान्छा सदस्य हुन्। बालगृहका अर्का साना सदस्य कक्षा ३मा पढ्ने सिजन मल्ल पनि निकै मेहेनती छन्। यति सानो उमेरमा पनि विहान पाँच बजेदेखि राति ११ बजेसम्म पढाईमै तल्लित देखिने सिजनका अक्षर टाइप गरे जत्तिकै राम्रा छन्।

 हामी आमाबाबु छौं भने किन तपाईंहरू यिनीहरूलाई अनाथ हौं की होइनौ भन्ने सोधेर मानसिक पीडा दिनुहुन्छ। नरबहादुर राउत, बुबा

गत वर्ष बालगृहहरूको छाता संगठनले आयोजना गरेको नृत्य प्रतियोगितामा स्मृति थापाको समूह तेस्रो भएको थियो। १४ बर्षिया स्मृति टेलिभिजनमा रियालिटी शोहरू हेरेर आफू नाँच्ने गाउने मात्रै होइन, साना भाइबहिनीलाई समेत नाँच्न गाउन सिकाउँछिन्। तेरिया मगरको नृत्य मन पराउने उनी भविष्यमा ट्राभल एण्ड टुरिजममा लागेर देशको प्राकृतिक सौन्दर्यलाई बिश्वमाझ अझै विस्तार गर्न चाहन्छिन्। कहिलेकाहीँ गाउँका केही नराम्रा आचरण भएका मानिस बालगृहमा आएर झगडा गर्न खोज्ने, पढाईमा बाधा पार्ने र आफूलाई बाटैमा रोकेर खान पायौ की पाएनौ भनेर सोधेको उनलाई पटक्कै मन पर्दैन। यस्ता क्रियाकलापप्रति गुनासो गर्दै उनले भनिन्,‘ हाम्रा पनि घर र बाबुआमा भइदिएका भए, किन यहाँ आएर बस्थ्यौं र ? ’ उनकै कुरामा सही थाप्दै १२ बर्षिया सोइच्छा राउतले भनिन्,‘ केहीले त हामीलाई घर घरमा बोलाएर टिउसन पढाउँछौं भन्छन्, केहीले चुम्मा खाने र ढाडमा चलाउने समेत गर्छन्।’ छिमेकीले ‘डिस्टर्ब’ नगरे पढ्ने वाताबरण मिल्थ्यो की भन्ने उनलाई लागेको छ।

विभिन्न वाधा अड्चनका अलावा पनि बालबालिकाको निखारिएको प्रतिभा देखेर धेरैले ‘संस्थामा के खुवाएर पाल्छन् हो’ समेत भन्ने गरेका छन्। बालबालिकाको पालनपोषण एवं शिक्षामा खामसुङ वाङ्दु लामा, प्रविण लाखे, संजय नेपाल, छिरिङ डोल्करलगायतकाले सहयोग गर्दै आएका संस्थाकी कोषाध्यक्ष कल्पना तिमल्सिनाले बताइन्। २०५८ सालमा शाररीक अपांगता भएकी दिर्घमाया कार्कीले स्थापना गरेकी संस्थामै हुर्किएका मध्ये एकले लोकसेवामा नायब सुब्बामा नाम निकालिसकेका छन् भने केही स्वदेश एवं विदेशमा विभिन्न रोजगारीमा सम्लग्न छन्। कार्कीका पति एवं संस्थाका अध्यक्ष नरबहादुर राउतले तिमीहरू अनाथ हौ की होइनौ भनेर छिमेकी एवं गाउँका केही ब्यक्तिले गर्ने गरेका प्रश्नले आफ्ना छोराछोरीका मनस्थितिमा असर पर्ने गरेको गुनासो गरे।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost