MENU

पत्रकार महासंघ कतारमा तनहुँका मियाँ

patan-college

पवन पौडेल शनिवार, माघ २०, २०७४

Share This

635-x-85_1

दमौली : नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा तनहुँ शुक्लागण्डकी नगरपालिका दुलेगौंडाका करिम बक्स मियाँ सर्वसम्मत चयन भएका छन् । कतारको राजधानी दोहामा हालै सम्पन्न महासंघको छैंठौ अधिवेशबाट मियाँको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो । मियाँ कतारबाटै विभिन्न नेपाली अनलाइनमा कलम चलाउँछन् ।

अधिवेशनले उपाध्यक्षमा तनहुँकै नवराज विक, सचिवमा एमपी पोखरेल, सहसचिवमा राजेश्वर ढकाल तथा कोषाध्यक्षमा तनहुँकै भोला थापा क्षेत्री निर्विरोध निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा तीर्थसंगम राई, सीताराम थापा, तेजेन्द्र गैह्रे र दिलबहादुर रानाभाट चयन भएका छन् ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost