MENU

उनी किन मन पर्‍यो ? सेलिब्रिटी जवाफ

patan-college

अन्नपूर्ण शुक्रवार, माघ २६, २०७४

Share This

635-x-85_1

उनको मनै राम्रो

सुनील पोखरेल

नाट्यकर्मी

घर सम्हाल्छिन् मीठो खुवाउँछिन्। हामीले सँगै काम गर्‍यौं। यही क्रममा हामीबीच नजिकपना बढ्दै गयो। बाहिर झट्ट हेर्दा पनि उनी निकै राम्री छिन्। त्यसमाथि उनको मन पनि राम्रो छ। यही बाहिरी र भित्री सौन्दर्यले मलाई उनीप्रति झन् आकर्षित गर्‍यो। मैले घर हेर्नै पर्दैन। पूरै घर उनैले सम्हाल्छिन्। छुच्ची छ, त्यही भएर पनि मन पर्छ। खाना पनि मीठो बनाएर खुवाउँछिन्।

शान्त स्वभाव मनपर्छ

निशा पोखरेल

नाट्यकर्मी

उहाँ मेरो दिदीको साथी। पारिवारिक सदस्य जस्तै गरी हाम्रो घरमा आइरहनुहुन्थ्यो। उहाँको स्वभाव अलि लज्जालु थियो। केटीहरूसँग आँखा नजुधाउने र बोल्ने। अलि सोझो खालको हुनुहुन्थ्यो। मैले आठ, नौ वर्षको उमेरदेखि नै उहाँलाई चिनेको। मैले पनि करिब नौ वर्षको उमेरदेखि नै नाटकमा काम गर्न थालेँ। त्यतिबेला मैले उहाँलाई ‘गार्जियन’ कै हिसाबले हेरेँ।

उहाँको शान्त र नरिसाउने स्वभाव मलाई पनि मन पथ्र्यो। उहाँले मलाई नै प्रस्ताव राख्नुभएको थियो। तर मैले जवाफ दिन सकिनँ। त्यसैले उहाँले नै घरमा माग्न पठाउनुभयो र हाम्रो मागीविवाह नै भयो। उहाँ त्यति ‘केयरिङ’ त होइन, तर कसैका पनि कुरा नकाट्ने र हरेक कुरालाई सकारात्मक रूपमा लिने उहाँका मलाई मनपर्ने बानी हुन्।


सुन्दर मन, सुन्दर विचार

सरिता लामिछाने

अभिनेत्री

ऋषि लामिछानेको सबैभन्दा राम्रो मन। बाहिरी सुन्दरताभन्दा पनि मन अति सुन्दर छ उहाँको। उहाँ अत्यन्तै सकारात्मक हुनुहुन्छ र अरूलाई पनि सधैं सकारात्मक नजरले हेर्ने उहाँको बानी छ। यति सुन्दर मन र सुन्दर विचार भएको मानिससँग संगत गर्नु र नजिक हुनु भनेको उहाँको सुन्दरताको प्रभाव नै हुनुपर्छ। झट्ट हेर्दा पहिले त मानिसको बाहिरी रूपले नै प्रभाव पार्न सक्छ।

उहाँको पनि मुसुक्क हाँस्ने बानीले मलाई मोहित गर्‍यो। तर लामो संगतमा जाँदा मनसँगै ठोक्किन्छ। उहाँसँगको वैवाहिक जीवनमा २०औं वर्ष बिताइसकेको छु। सबै राम्रै भएकाले होला जीवन राम्रोसँग चलिरहेको छ। जीवनमा अति महŒवकांक्षा छैन। त्यसैले आत्मसम्मानका साथ बाँचिरहेका छौं। जीवन उत्कृष्टताको चरम बिन्दुमा त पुगेको छैन। तर पनि आजसम्म दुःख पाएको छैन। जीवन सुखी र राम्रै छ।

सुख दुःखमा उनकै साथ

ऋषि लामिछाने

निर्माता एवं निर्देशक

संसारको सबैभन्दा उत्कृष्ट भनेको मानिसको मन हुनुपर्छ। सरिता लामिछानेमा मैले त्यही उत्कृष्ट मन पाएँ जसले सुखमा, दुःखमा, आँसुमा र हाँसोमा मलाई साथ दिन्छ। मेरा जीवनका हरेक आरोह अवरोहमा मलाई साथ दिने पनि सरिता लामिछाने नै हो। जीवन जिउने आधार, कला, प्रेम र आफ्नोपन बुझेको मानिस पनि उनी नै हुन्।

मेरा जीवनका हरेक मोडमा मलाई साथ दिन सक्ने आफ्नोपन र आफ्नो मन भएको मानिस पनि मैले उनलाई नै पाएँ। मैले संसारमा सबैभन्दा बढी जानेको मानिस पनि उनी नै हो भने संसारमा सबैभन्दा विश्वास गर्नुपर्छ भन्ने लागेको पनि उनी नै हो। संसारको सबैभन्दा भक्ति, आदर, श्रद्धा र सम्मान उनमा नै पाएकोले उनलाई मैले जीवनसंगिनी रोजेँ र प्रेम गरिरहेँ।

प्रस्तुति : रामकला खड्का

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost