MENU

उपेन्द्र सुब्बाको कविता : सायद

patan-college

उपेन्द्र सुब्बा शुक्रवार, माघ २६, २०७४

Share This

635-x-85_1

अचानक बाटोमा भेटिनु

तिमी मुस्कुराउनु

सायद, मुस्कुराउनु तिम्रो स्वभाव मात्र थियो ।

 

बाटोमा खेल्दा,

भकुन्डो तिम्रो घरको कम्पाउन्डभित्र छिर्नु

भकुन्डो लिन मै आउनु

मुस्कुराउँदै तिम्ले मेरो हातमा दिनु

सायद, असल छिमेकी हुनु मात्र थियो ।

 

बार्दलीमा फूलेका फूलहरू माझ बसेर

घामको न्यानो ताप्दै

हरेक बिहान तिम्ले कपाल कोर्नु

वर, झ्यालको चौकसमा बसेर

गितार बजाउँदै मैले गीत गाउनु

सायद, हाम्रो नित्यकर्म मात्र थियो ।

 

बिजुलीको खम्बानेर

खम्बै भएर मैले हरेक दिन उभिनु

हरेक दिन तिमी ढिलो आउनु

मुस्कुराउँदै कान समाएर तिमीले माफी माग्नु

कलेज ढिलो हुने बहाना बनाएर मैले बाइक हुइँक्याउनु

तिमी डराएर मसँग लिपिक्क टाँसिनु

सायद, मेरै नियत मात्र खराब थियो ।

 

फुरुरु उड्दै दुई पंक्षी नौडाँडा काटी जाऊँ कान्छी

माकुरी मायाजाल बुन्छ, भन्देऊ न कान्छी लौ हुन्छ

 

हरदिन/हरसाँझ मैले यही गीत गाउनु

मेरो कुममा टाउको बिसाएर,

मायालु भएर

परीक्षा पछि ल तिम्ले भन्नु

तिम्रो परीक्षा नसकिकनै

तिम्रो फुपूको छोरो पल्टनबाट छुट्टी आउनु

मेरो कोठामा आएर तिमी बेसरी रुनु

सायद, तिम्रो सफल अभिनय मात्र थियो ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost