MENU

दसबर्से रणनीति बनाउँदै विज्ञान मन्त्रालय

patan-college

खगेन्द्र भण्डारी शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

 

काठमाडौं : विज्ञान प्रविधि र आविष्कारसम्बन्धी नयाँ रणनीति बनाउने गृहकार्यमा विज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ। मन्त्रालयले संघीय संरचनाअनुसार विज्ञान, प्रविधि र आविष्कारसम्बन्धी कामलाई गति दिन तथा अनुसन्धान र विकासका प्राथमिकताका क्षेत्र पहिचान गर्न दसबर्से रणनीति बनाउन लागेको हो। विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मन्त्रालयले रणनीति निर्माणका लागि आन्तरिक गृहकार्य गरिरहेको छ। त्यसका लागि आवश्यक सुझाव संकलन गर्न सातवटै प्रदेशमा छुट्टाछुट्टै अन्तक्र्रियासमेत सम्पन्न गरिसकेको छ।

विभिन्न क्षेत्रका विज्ञसँग नेपालमा विज्ञान, प्रविधि तथा आविष्कारको विकास, वर्तमान स्थिति र भविष्यको अवधारणा विषयमा मन्त्रालयले सुझाव संकलन गरेको मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जानकारी दिए। उनले विभिन्न समिति गठन गरेर लिखित सुझावसमेत मागिएको बताए। ‘हामी विज्ञान र प्रविधिको क्षेत्रमा अहिले कहाँ छौं, हाम्रा प्राथमिकता के हुन्, यसबारे हामीले विज्ञसँग छलफल गरिरहेका छौं’, प्रवक्ता सुवेदीले भने, ‘उहाँहरूले दिएको सुझावअनुसार मन्त्रालयले आफ्नो प्राथमिकता छुट्याउँछ। यसले परिणाममुखी काम गर्न सहयोग गर्ने हाम्रो विश्वास छ।’

मन्त्रालयले राष्ट्रिय योजना आयोग, मन्त्रालयका उच्च अधिकारी, विश्वविद्यालयका प्राध्यापक र विज्ञसँग लिखित सुझाव मागेको छ। नीति भए पनि काम गर्न आवश्यक रणनीति नहुँदा ठोस परिणाम निस्कन नसकेको मन्त्रालयले स्वीकार गरेको छ। अहिलेसम्म यस क्षेत्रमा उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको बेला विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकताका क्षेत्र छुट्याएर काम गर्न लागेको हो।

 मन्त्रालयले रणनीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्न सातवटै प्रदेशमा छुट्टाछुट्टै अन्तक्र्रिया कार्यक्रमसमेत गरिसकेको छ।

मन्त्रालयले रणनीतिमा चारवटा विषयलाई प्राथमिकतामा राखेको छ। सचिव डा. सञ्जय शर्माका अनुसार कामको प्राथमिकीकरण, लगानीको पहिचान, विभिन्न क्षेत्रसँगको सहकार्य, क्षमता अभिवृद्धि र संस्थागत पुनःसंरचनालाई समेट्न खोजिएको छ। ‘कामको प्राथमिकता छुट्याइसकेपछि त्यसका लागि आवश्यक लगानी कहाँबाट जुटाउने, कुन क्षेत्रसँग सहकार्य गर्नेबारे रणनीतिक पेपरमा समेटिनेछ’, उनले भने, ‘त्यसका लागि आवश्यक जनशक्तिको क्षमता अभिवृद्धि पनि सँगसँगै लगिनेछ।’

वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत मन्त्रालयले रणनीति बनाउन लागेको हो। असारमा रणनीति निर्माणको कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको मन्त्रालयले जनाएको छ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost