MENU

ताजमहल: प्रेमको प्रतीक होइन

patan-college

मीनराज बसन्त  शनिवार, माघ २७, २०७४

Share This

635-x-85_1

इतिहास

भारत बसाइको लामो समयसम्म पनि मलाई आगरा पुगेर ताजमहल अवलोकन गर्ने शुभसाइत जुरेको थिएन। अझ भन्नुपर्दा ताजमहल हेर्नैपर्ने कुनै अनाम तत्वले लखेटिरहेको पनि थिएन। तर, भारत बसाइको १० वर्षपछि गत वर्ष जब म पचपन्न दिनको भारत यात्रामा निस्किएँ, एकपटक ताजमहल पुगेर यसबारे केही नयाँ कुरा जान्ने उत्सुकतालाई दबाइरहन सकिनँ।

चैतमासको उखरमाउलो गर्मी। माथिल्लो शरीरमा सुतीको एकसरो टिसर्ट लगाएको छु। त्यही पनि पसिनाले भिजाएको छ निथ्रुक्क। कताकता आफ्नै पसिनाको नमीठो हरक आफैंलाई गन्हाउँछ।

म ठीक ताजमहलको अगाडि उभिएँ। विदेशीहरूलाई एक हजार तिरेर मात्रै प्रवेश गर्न पाइने ताजमहलमा, मेरो भारतीय साथीको सहयोगमा चालीस रुपैयाँको टिकट हातमा आइपुग्यो। लम्बेतान लाइनमा उभिएर कडा चेकजाँच भएपश्चात् हामी ताजमहलको मूलद्वारबाट प्रवेश पायौं।

ताजमहल एक फन्को घुमिसकेपछि यसको भव्यतामा कुनै शंका रहेन। कलात्मक एवं आकर्षक मुख्यद्वारदेखि लिएर बगैंचा, फब्बारा, बाहिरभित्र जता हेरे पनि कला सौन्दर्य र परि श्रमको उच्चता देखिन्थ्यो। चाहे मुमताज र शाहजहाँका कब्र होउन्, चाहे अनमोल पत्थरमा कुँदिएको शिल्पशास्त्र। मन लोभ्याउन यी सबै एक से एक थिए।

प्रिय मित्रले जब ताजमहलका बारेमा केही ऐतिहासिक रोचक कुराहरू सुनाए, त्यसपछि म झन् जिज्ञासु बनेँ। उनले केही उमेर पाकेका आफ्ना आफन्तसँग पनि मलाई परिचय गराए। जसले गर्दा ताजमहल, मुमताज र शाहजहाँलाई बुझ्न सहज भयो।

आगरा

भनिँदो रहेछ कि, आगरा सबैभन्दा पुरानो सहर मात्रै नभएर ऐतिहासिक सहर पनि हो। नयाँ इतिहासकार काले र टोलेगीले समेत आगरा एक पुरानो सहर रहेको कुरालाई ‘ताजमहल : इन्क्रेडिबल सिम्बोल अफ ब्युटी’ पुस्तकमा उद्धृत गरेको पाइन्छ। अनुसन्धानका क्रममा यी दुई इतिहासकारले आगरा र त्यसवरपर दुई हजारको संख्यामा सिक्का प्राप्त गरेका थिए, जुन सिक्काहरू मेवाड गाहालन्त राजपूतका थिए। स्मरण रहोस्, सन ७५० मा गाहालन्त राजपूत आगरामा शासन गर्थे। यस्तै प्रसिद्ध भूगोलकार टोलेनीको भनाइअनुसार आगरा हिन्दु राजा आगरमेष र आगरमेषवर नाम गरेका राजाको राजधानी थियो। यिनैको नामबाट सहरलाई ‘आगरा’ नामकरण गरियो।

तर, यस सहरको इतिहासलाई लिएर इतिहासकारपिच्छे फरकफरक धारणा पाइन्छन्। उहिलेदेखि हामीले विभिन्न नीतिकथाका रूपमा सुन्दै र पढ्दै आइरहेका दुई पात्र अकबर र वीरबलको सहर पनि यही आगरा नै हो। यसबाहेक कलकारखाना, मुगल शासकद्वारा बनाइएका सुन्दर उद्यान, पुरानो बजार, छालाका सामानलगायत विभिन्न चीजबीजका लागि प्रसिद्ध सहर हो, आगरा। सबै कुरा बिर्सिए पनि आगरा सम्झिरहन एउटै चीज काफी छ। र त्यो हो, ताजमहल।

ताजमहल

यमुना नदीको बायाँ किनारमा निर्मित ताजमहल दुनियाको सातौं आश्चर्य अन्तर्गतको एक आश्चर्य हो। सन् १९८३ मा विश्व धरोहरको सूचीमा समेत सूचीकृत यो महल मुगल वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ। सेतो संगमरमरको जलपले सुशोभित यो अद्भुत र दिव्य ‘ताज–भवन’ प्रेमको प्रतीक भनेर विख्यात छ।

आजको दिनसम्म पनि ताजमहललाई मुगल शासनको पाँचौं सम्राट शाहजहाँले आफ्नी प्रेमिका (पत्नी) मुमताजको सम्झनामा बनाएका थिए भनेरै नै बुझिन्छ। र, यो बुझाइ विश्वभर एकनास छ। संसारमा पवित्र प्रेम, प्रेमप्रतिको त्याग र सच्चा समर्पणलाई हृदयतः स्मरण गर्दा उदाहरणका रूपमा ताजमहल अग्रस्थानमा नै आउँछ। तर, भारतका धेरैजसो इतिहासकारले सुरुदेखि नै ताजमहललाई प्रेमको प्रतीकका रूपमा भने नकार्दै आइरहेका छन्।

जसको प्रेमका खातिर शाहजहाँले ताजमहल बनाए वा जसलाई हामी ‘मुमताज’ भनेर चिन्छौं, उनको असली नाम न मुमताज नै थियो न त शाहजहाँले उनको प्रेममा पग्लिएर नै ताजमहल निर्माण गरेका थिए। र, अर्को महत्वपूर्ण कुरा शाहजहाँ कुनै असल प्रेमी पनि थिएनन्।

शाहजहाँकी ‘मुमताज’ बन्नुपूर्व उनको असली नाम थियो, अर्जुमन्द बानो बेगम। यिनी मिर्जा गियास बेगकी पलाँतिनी थिइन्। अर्जुमन्द कुनै कुमारी केटी नभएर एक विवाहिता पत्नी हुन् भन्ने जानकारीको साक्षी भारतीय मुगल इतिहास छँदैछ। त्यसमाथि विभिन्न आलेख वा वृत्तचित्रले पनि यसलाई प्रमाणित गर्छन्।

यतिमात्रै होइन, इतिहाससँग पूर्ण जानकार रहेका एकाध ताजमहल घुमाइदिने गाइड र ताजमहल वरपर चिया बेचेर बस्ने बूढापाकाहरूले पनि यो सत्यतालाई स्वीकार गरेको मैले यात्राको क्रममा थाहा पाएँ। तर ‘ताजमहल : इन्क्रेडिबल सिम्बोल अफ ब्युटी’मा यो कुरा उल्लेख छैन। अझै भनौं, इतिहासमा शाहजहाँले गरेका कुनै पनि गद्दारीलाई परिचयात्मक पुस्तकमा राखिएको छैन। जसको आशय, ताजमहल घुम्न आउने जोकोही पर्यटकलाई यसको नकारात्मक सन्देश नजाओस् भन्ने देखिन्छ।

अर्जुमन्दका पति शेर अफगान खान शाहजहाँकै सेनामा सुबेदार पदमा कार्यरत थिए। उनीहरूको एउटा छोरा पनि थियो। तर, यौन आशक्तिमा लम्पट शाहजहाँले अर्जुमन्दका पति शेर अफगानलाई शंकास्पद तरिकाले हत्या गर्न लगाए। पतिको विक्षिप्ततामा रहेकी यिनै अर्जुमन्दलाई शाहजहाँले जबर्जस्ती ‘आफ्नी’ बनाउन सफल भए। यसरी विवाह गरेपछि उसको जूठो अर्थात् शेर अफगानकी पत्नी अर्जुमन्दको नामबाट बोलाउन नचाहेर आफंैले अर्जुमन्दको नाम परिवर्तन गरी ‘मुमताज’ राखिदिएको यो सत्यता धेरै कमलाई मात्रै थाहा होला। ‘शाहजहाँ’ यो नाम पनि आफैंमा असली नाम होइन। शाहजहाँको सट्टा ‘राजकुमार खुर्रम’ उनको असली नाम थियो।

आठ हजारभन्दा बढी रखैल राखेर यौनानन्द बटुल्ने शाहजहाँको पहिलो पत्नी पनि होइनन्, मुमताज। तेस्रो पत्नीलाई विवाह गरेपछि चौथो पत्नीका रूपमा मुमताजलाई जाल हानेको थियो। शाहजहाँका कुल सातवटी पत्नी हुन् जसको पहिलो पत्नी इसरत बानो बेगम मानिन्छिन्। तर मुमताजपछि पनि उनले थप तीन विवाह गरे। तीमध्ये मुमताजकै बहिनी फरजाना पनि थिइन्। प्रश्न उठ्छ, शाहजहाँ मुमताजलाई साँच्चिकै प्रेम गथ्र्यो भने थप तीन विवाह किन र केका लागि गर्‍यो ? यौन प्यास मेट्न भनेरै शाहजहाँले यो सब गरेको थियो भनेर अनुमान गर्न सकिन्छ।

जीवनका सच्चाइ र प्रेम कहानी बिल्कुलै भिन्न छन्। हामीले ताजमहललाई प्रेमको निशानी भने पनि यसभित्रको ‘रहस्य’ रहस्यमय नै छ। बाहिरबाट सेतो संगमरमरमा जति दिव्य, जति सुन्दर र खुलेको देखिन्छ, ताजमहलको अन्तर्य ठिक विपरीत छ।

जीवनका सच्चाइ र प्रेम कहानी बिल्कुलै भिन्न छन्। हामीले ताजमहललाई प्रेमको निशानी भने पनि यसभित्रको ‘रहस्य’ रहस्यमय नै छ। बाहिरबाट सेतो संगमरमरमा जति दिव्य, जति सुन्दर र खुलेको देखिन्छ, ताजमहलको अन्तर्य ठीक विपरीत छ।

दक्षिण भारतमा विद्रोह चलिरहेका बेला, त्यही विद्रोह रोक्न शाहजहाँलाई मध्यप्रदेशको बुरहानपुर भन्ने क्षेत्रमा जानु थियो। यता मुमताज चौधौं सन्तानलाई गर्भमा हुर्काइरहेकी थिइन्। यद्यपि शाहजहाँले मुमताजलाई आगरादेखि दौलपुरसम्म लिएर पुग्यो, जहाँ कडा रूपमा सैन्य अभ्यास चलिरहेको थियो। आगरादेखि बुरहानपुरसम्मको लामो यात्रा तय गरेकी मुमताज अत्यन्तै थकित बनिन्। उनको गर्भमा असर पर्न गएछ। करिब तीस घन्टासम्म प्रसव वेदना खेपेर उनले छोरीलाई जन्म दिइन्।

सोही समयमा डेक्कन विद्रोहीलाई सिध्याउने रणनीतिमा शाहजहाँ व्यस्त थिए। यता मुमताजको छोरी भएको खबर शाहजहाँसम्म पुर्‍याइयो तर उनी नियतवश गएनन्। पछि शाहजहाँ मुमताजलाई भेट्न जाँदा उनी निकै कमजोर बनिसकेकी थिइन्। रक्तस्राव थामिएको थिएन।

शाहजहाँले मुमताजको शिर काखमा राख्दै अधैर्य बने। उनले दुई प्रण गरे। पहिलो उनकै नाममा ताजमहल बनाउने, दोस्रो आजीवन विवाह नगर्ने। त्यसकै बिहान अर्थात् ७ जुन १६३१ मा अठ्तीस वर्षीय मुमताजको मृत्यु भयो।

ताजमहल निर्माण

ताजमहल बनाउन जुन स्थान रोजियो, त्यहाँ जयपुरका राजा जयसिंहको शानदार महल थियो। त्यस ठाउँमा ताजमहल निर्माण गर्न शाहजहाँले राजा जयसिंहलाई अन्यत्रै जग्गा उपलब्ध गराए। बुरहानपुरमा असामयिक निधन भएकी मुमताजको मृत शरीर १९ डिसेम्बर १६३१ मा आगरा पुर्‍याइयो। ताजमहल निर्माण प्रक्रियामै रहेकाले केही समयका लागि यमुना नदीको तटमा उनलाई गाडियो।

जब शाहजहाँले ताजमहल बनाउने घोषणा गरे, कालिगढहरूलाई विभिन्न चित्रका साथ आमन्त्रण गरे। धेरै चित्रहरू शाहजहाँको अगाडि राखिए। अन्ततः शाहजहाँलाई टर्कीका उस्ताद इसा अफादीको (कतैकतै उस्ताद अहमद लाहौरी भनेर उल्लेख छ) चित्र मन पर्‍यो। त्यसैअनुरूप ताजमहल निर्माण कार्य सुरु भएको थियो।’ (पृष्ठ १३, ताजमहल : इन्क्रेडिबल सिम्बोल अफ ब्युटी)

चीन, तिब्बत, श्रीलंका लगायतका विभिन्न स्थानबाट झिकाइएका अट्ठाइस किसिमका बहुमूल्य पत्थरको प्रयोगमा ताजमहल ठाडो शिर गरेर आजको रूपमा उभिएको हो। यसका लागि त्यो समयमा पनि झन्डै तीन करोड खर्च लागेको थियो भनिन्छ। सन् १६३१ डिसेम्बरमा ताजमहल निर्माण कार्य सुरु भएर १६४५ मा सकिएको थियो। तर फ्रान्सिसी यात्री जिम ट्राबेनियरको भनाइ केही फरक पाइन्छ।

उनले भनेका छन्, ताजमहल निर्माणमा कुल बाइस वर्ष लाग्यो। यस्तै बीस हजार कामदारले आफ्नो श्रम खर्चिए। तर, कुरा यतिमै सकिँदैन। शाहजहाँको दरबारका इतिहासकारद्वय अब्दुल हामिद र मोहम्मद सालिह जखमबुका अनुसार सन् १६४३ फेब्रुअरीमा सबै कामले पूर्णता पाएको थियो। मुख्य भवन बन्न बाह्र वर्ष लागे पनि अन्य संरचनाहरू बनिसक्न बाँकी १० वर्ष लाग्यो।

मजदुरहरूमाथि अत्याचार

ताजमहलको मकबरामा एउटा छिद्र छ। वर्षातको समयमा उक्त छिद्रबाट अझै पनि पानी तप्किरहन्छ। यसलाई एउटा अनौठो रहस्यका रूपमा लिइन्छ। यद्यपि यसको वास्तविकता भने अर्कै रहेछ।

जब ताजमहल निमार्ण कार्य सकिँदै थियो, शाहजहाँले मजदुरहरूका हात काटिदिने घोषणा गरे। उनी चाहन्थे कि, यिनीहरूले यस्तै महल संसारमा अन्यत्र कतै गएर निर्माण नगरून्। अफसोच ! सम्राट्को यो फैसलाले मजदुरहरूलाई दुखित तुल्यायो। यसकै परिमाणस्वरूप उनीहरूले ताजमहलमा एउटा कमी छोडिदिएका थिए। जुन कमी त्यही छिद्र हो भनिँदो रहेछ।

भनिन्छ, मुमताजकी पहिली सुपुत्री जहाँआरा हुबहु आमाकै अनुहारकी थिइन्। यसकारण पनि जहाँआरा बाबुकी प्यारी थिइन्। तर, मुमताजको यादमा वशीभूत शाहजहाँले आफ्नै छोरीसँग जबर्जस्ती यौन सम्पर्क राख्न थाल्यो। उसले यतिसम्म छोरीसँगको सम्बन्धलाई रुचायो कि जीवनभर जहाँआराको अरू कसैसँग विवाह हुन दिएन। खासमा जहाँआरा महलभित्रै अरू कसैलाई प्रेम गर्थिन्। शाहजहाँले थाहा पाएपछि प्रेमीलाई तन्दुरभित्र बन्द गरेर जिउँदै जलाइयो।

शाहजहाँ 

राजा बाबरले (१५२६–१५३०) स्थापना गरेको मुगल साम्राज्यमा राजा अकबर (१५५६–१६०५) बाबरका नाति थिए। यिनै अकबरका नातिका रूपमा (१६२८–१६५८) जन्मेका थिए शाहजहाँ। शाहजहाँका पिता जहाँगिर अत्यन्तै विद्वान् थिए। आमाको नाम नूरजहाँ थियो। जहाँगिर स्वयं हिन्दी र अरबीबाहेक तुर्की एवं पर्सियन भाषामा पनि उत्तिकै पोख्त थिए।

खासमा शाहजहाँले आफ्नो लागि भनेर छुट्टै कालो ताजमहल खडा गर्न चाहन्थे। तर, यो यसकारण सम्भव भएन कि, उनी आफ्नै छोराहरूबाट कैद भए। त्यसो त शाहजहाँले पनि आफ्नो बाबु बन्दी बनाएर र दाइहरूको हत्या गरेर आफू राजा भएका थिए।

शाहजहाँको अन्तिम दिन निकै पीडाजनक रह्यो। छोरा औरंगजेबले राज्यका मन्दिरहरू नष्ट गराएर हिन्दु जनतालाई जबर्जस्ती इस्लाम धर्म मान्न बाध्य बनायो। एक बलियो मुगल साम्राज्य, जसको पिल्लर बाबरले राखे। त्यसपछि अकबरको सुझबुझले राज्य झन् बलियो हुँदै गयो। जहाँगिर न्यायप्रेमी रहे। तर, विभिन्न गद्दारीका बाबजुद पनि मुमताजको मृत्योपरान्त अगणित वैभव खर्चेर बनाइएको ताजमहलका लागि शाहजहाँ चर्चित रहे।

प्रेमको प्रतीक ?

अखिल भारतीय इतिहास संकलन योजनाका संगठन सचिव बालमुकुन्दले एनडीटीभीसँग भनेका छन्, ‘ताजमहल प्रेमको प्रतीक कदापि हुन सक्दैन। किनकि कसैले पतिलाई मारेर उसकी श्रीमतीलाई रखैलका रूपमा राख्नु, सत्र वर्षमा चौध बच्चा जन्माउनु, मृत्युलगत्तै उसकै बहिनीसँग विवाह गर्नु भारतीय चिन्तनको दृष्टिकोणले प्रेमको प्रतीक हुन सक्दैन। तर, कलाकारिताको दृष्टिमा भने ताजमहल गर्वको विषय हो।’

प्रसिद्ध भारतीय कवि साहिर लुधियानवीले ताजमहललाई केवल आकर्षणको केन्द्र भन्छन्। उनले व्यंग्य गर्दै आफ्नो कवितामा लेखेका छन् :

इक शहंशाह ने दौलत का सहारा ले कर।

हम गरीबों की मुहब्बत का उडाया है मजाक।।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost