MENU

सिन्धुलीका महिला पाठेघरको क्यान्सरको जोखिममा

patan-college

राजन गाउँले आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकाका धेरैजसो महिलामा पाठेघरको क्यान्सर भएको पाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका –६ खाल्टे शीतलपाटी स्थित आत्मिय सामुदायिक अस्पतालले गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा यस्तो समस्या देखिएको हो ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सरिता घिमिरेको नेत्तृत्वमा डाक्टरहरु परमेश्वरी श्रेष्ठ, अर्पण घिमिरे र आदेश सुवेदीको टोलीले परीक्षण गरेको शिविरमा एक सय २० महिलाको स्वास्थ्य जाँच गरिएको थियो । अधिकांश महिलामा यस्तो समस्या देखिएको उक्त अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्जीव केसीले बताए ।

‘परीक्षणका क्रममा भविष्यमा पाठेघर क्यान्सर सम्भावना भएका ७ जना, पाठेघरको संक्रमण भएका १० जना, आङ खसेका ८ जना र पाठेघरको संक्रमणको सम्भावना भएका ११ महिला भेटिएका छन् ।,’ केसीले भने ।

‘पाठेघरको परीक्षण गराउन महिलाहरु लजाउने र यसको नियमित परिक्षण गरे रोगबाट बच्न सकिन्छ भन्ने ज्ञान नभएका कारण अधिकांश महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ,’ उनले भनिन् ।

पीडित मध्ये पाठेघरको क्यान्सरको सुरुवात भएका महिलाको उपचार गरिएको र उनीहरुलाई औषधी सिफारिस गरिएको छ । जसमध्ये क्यान्सरको सम्भावना भएकाहरुका लागि उपचार विधि र प्रकृयाका बारेमा जानकारी गराइएको बताइएको छ ।

सरकारले महिलाहरुको पाठेघरको परीक्षण तथा आँङ खस्नेहरुको निशुल्क उपचार गर्दै आएपनि समाज तथा परिवारको लाजका कारण परीरक्षण नै नगरी बस्दा दिनहुँ क्यान्सरका रोगीको संख्यामा वृद्धि भएको बताए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost