MENU

७१ यात्रुसहितको हवाईजहाज दुर्घटनाग्रस्त

patan-college

अन्नपूर्ण आइतवार, माघ २८, २०७४

Share This

635-x-85_1

मस्को: रूसमा एउटा यात्रुवहाक जहाज दुर्घटनाग्रस्त भएको छ । मस्कोको बाहिरी इलाकामा भएको यो दुर्घटनामा अधिकांश यात्रुको ज्यान गएको आशं‌का गरिएको छ।

यो जहाजमा चालक दलका ६ जना सदस्यसहित ७१ जना सवार थिए । ती सबै यात्रुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसी सञ्चारमाध्यमका अनुसार राजधानीको दोमोदेदोभो विमानस्थलबाट उडेको केही बेरमै जहाज दुर्घटनामा परेको हो । यो जहाज युरालस्थित ओर्स्क शहरतर्फ गइरहेको थियो ।

यो जहाज मस्कोको बाहिरी इलाका रामेन्स्की जिल्लामा दुर्घटनाग्रस्त भएको हो । एन्तोभोव एन-१४८ जहाजको उडान घरेलु सारातोभ एयरलाइन्सले गर्दै आएको थियो ।

रूसी समाचार एजेन्सीका अनुसार जहाजमा ६५ यात्रु र चालक दलका ६ सदस्य सवार थिए । समाचार एजेन्सीले अर्गुनोभो गाउँका मानिसले आगोको लप्कामा परेको अवस्थामा जहाजलाई आकाशबाट खसिरहेको देखेका जनाएका छन् । रूसी आपात सेवाले 'इन्टरफ्याक्स समाचार एजेन्सी' लाई बताए अनुसार जहाजमा सवार कुनै यात्रु बाँच्ने सम्भावना न्यून रहेको छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost