MENU

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

patan-college

एजेन्सी सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

सोल : शीतकालीन ओलम्पिक खेल उद्घाटनका लागि दक्षिण कोरिया आइपुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकीकरणमन्त्री विमानस्थल पुगे।

उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषद्मा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गरियो। उनको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमले समाचार दिए र यहाँका टिभीहरूले त्यसको फुटेज पनि देखाए।

शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाका तर्फबाट किम योङ नाम आइपुगेका छन्। उनी उत्तर कोरियाको संसद्का प्रमुख हुन्। उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहेकी छन्। उनी उत्तर कोरियाली सत्तारुढ वर्र्कर्स पार्टीको केन्द्रीय समितिकी उपनिर्देशक हुन्। यस उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँग भेट गरेको छ। यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन्। यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो।

यस भेटका बारेमा उत्तर कोरियाले पहिले नै कुनै समाचार दिएको थिएन। तर उसले अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको थियो। यो भेट सन् २००९ पछि उत्तर कोरियाका तर्फबाट भएको यो स्तरका पहिलो भेट हो। यसले उनीहरूबीचको भेटका क्रममा भएको कुनै कुराकानीभन्दा पनि पहिलो महत्वपूर्ण काम भएको छ। त्यस भेटका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपतिका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा दिइएको थियो। उत्तर कोरियाली नेता किमका तर्फबाट उनकी बहिनीले उक्त निमन्त्रणा दिएकी थिइन्। दक्षिणका राष्ट्रपति इनले उत्तरको भ्रमण गर्ने, नगर्ने वा कहिले गर्ने भन्ने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

दक्षिण कोरियाका राष्ट्रपतिको कुनै जवाफ नआए पनि शत्रुतापूर्णजस्तै अवस्था रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरमा नै भ्रमणका लागि यो आमन्त्रण गर्नुले सम्बन्ध सुधारमा आशा जगाएको भने धेरैले बताएका छन्। आइतबारसम्म दक्षिण कोरियामै रहने उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गरेका थिए। संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फराहन हकले यो भेट महत्वपूर्ण भएको बताएका छन्। विगत लामो समयपछि भएको यस भेटघाटबाट दुई कोरियाबीचमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएका कोरिया र अन्य विदेशी मिडियाले पनि विश्लेषण गरेका छन्।

अमेरिका र दक्षिण कोरिया एक साथ

वासिङटन : अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले शीतकालीन ओलम्पिकका बेला दुई कोरियाबीच वार्ता भए पनि उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध दक्षिण कोरिया र अमेरिका एक भएको बताएका छन्। उत्तर कोरियाले ओलम्पिक कूटनीतिमार्फत आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध निष्प्रभाव बनाउन खोजेको पश्चिमी मुलुकको बुझाइ छ। यसबाट अमेरिका र दक्षिण कोरियाबीचको गठबन्धन कम गर्न सकिने प्योङयाङको उद्देश्य रहेको अमेरिकी भनाइ छ।

उपराष्ट्रपति पेन्सले दक्षिण कोरियाको प्योङचाङमा खेलकुद उद्घाटन समारोहमा सहभागी भएर एयर फोर्स टु विमानमा संवाददातालाई यस्तो बताएका हुन्। पेन्सले भने, ‘उत्तर कोरियाले आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम बन्द नगर्दासम्म ऊसलाई आर्थिक र कूटनीतिक रूपले कमजोर कनाउने विषयमा अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै सन्देह छैन।’ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले आपसमा अपमानजनक टिप्पणी गरेका छन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost