MENU

वरिष्ठ मानव अधिकारकर्मी जाहाँगिरको निधन

patan-college

एजेन्सी सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

लाहोर : पाकिस्तानी नागरिकको अधिकारका लागि संघर्षरत आस्मा जाहाँगिरको आइतबार निधन भएको छ। उनी ६६ वर्षकी थिइन्। पाकिस्तानी कानुनविद् तथा संयुक्त राष्ट्रसंघका पूर्व विशेष समाधिक्षक जाहाँगिरको हृदयघातका कारण निधन भएको उनकी बहिनी हिना जिलानीले बताइन्। ‘दुर्भाग्यवश हामीले उहाँलाई गुमाएका छौँ’, वरिष्ठ अधिकारकर्मी तथा उनकी बहिनी जिलानीले भनिन्। 

जाहाँगिरको मृत्युपछि पाकिस्तान तथा विदेशमा रहेका उहाँका प्रशंसकले सामाजिक सञ्जालमार्फत दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सम्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। ‘जाहाँगिर एक बहादुर व्यक्ति हुनुहुन्थ्यो। उहाँको अनुपस्थितिमा विश्व नै अपूर्ण हुनेछ’, पाकिस्तानी प्रभावशाली अधिवक्ता सलमान अक्राम राजाले लेखेका छन्। यसैगरी पाकिस्तानी पत्रकार वाजाहत खानले पनि उनको सम्झना गर्दै ट्विट गरेका छन्।

उनले उल्लेख गरेका छन्, ‘म र मजस्तै धेरै व्यक्ति उहाँका विचारसँग सहमत थिएनन्। तर उहाँ असाधारण व्यक्ति हुनुहुन्थ्यो। र राज्यले यस्ता बहादुर तथा तेजवान् व्यक्तिलाई कहिल्यै पाउने छैन।’ जाहाँगिर फ्रान्सको सबैभन्दा ठूलो नागरिक पुरस्कारबाट सन् २०१४ मा सम्मानित भएकी थिइन्।

उनी स्वीडेनमा नोवेल पुरस्कारको वैकल्पिक मानिने प्रसिद्ध पुरस्कारबाट पनि सम्मानित भएकी थिइन्। जाहाँगिरले पाकिस्तानी मानव अधिकारका क्षेत्रमा पाएको सम्मान नगन्य व्यक्तिले मात्र पाउने सम्मानमा पर्छ। उनलाई नागरिकको अधिकारका लागि संघर्ष गरेकै कारण ज्यान मार्ने धम्की पाउनुका साथै विभिन्न शारीरिक आक्रमण तथा जेल सजाय भोगेकी थिइन्। —एजेन्सी

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost