MENU

जलजलाका लागि गुञ्जिए कलाकार

patan-college

अन्नपूर्ण सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

भरतपुर : क्यान्सर अस्पतालको सभा हलमा दर्शकको भीड थियो । अधिकांश अनुहार युवा देखिन्थे । युवा पुस्तामाझ लोकप्रिय मानिएका कलाकारको प्रस्तुति हेर्न उनीहरू आतुर थिए । चिसो साँझमा गायिका एन्जिला रेग्मीले माहोल तताउन थालिन् । चर्चामा रहेको ‘कपुरी क’ गाउँदा दर्शक नाचे । त्यसपछि उनले मिक्स गीत गाएर फरक स्वाद पस्किन् । पछिल्लो समय चलेको ‘ दिलको भित्तैमा’ गीतले दर्शक नचायो । वान्स मोरको हुटिङले उनले त्यही गीत दुई पटक गाइन् ।

कार्यक्रममा नेपाल आइडलबाट चर्चामा आएकी गायिका सुजाता पाण्डेको प्रस्तुतिमा दर्शक झुमे । टेलिभिजनमा देखिने कलाकारको गीत प्रत्यक्ष सुन्न पाउँदा दर्शक दंग थिए । सुजाताले सुरुमा ट्रयाकबिना गाइन् । त्यसपछि उनले गैह्री खेतको शिरै हान्यो, लुकिछिपी लुकिछिपीलगायत गीत गाइन् ।

दुवै मिर्गौला खराब भएर उपचारमा रहेकी गायिका जलजला परियारको सहयोगार्थ कार्यक्रम गरिएको हो । जलजलाको सहयोगका लागि राष्ट्रिय तथा स्थानीय कलाकारले गीत प्रस्तुत गरे । गायक भुवन प्यासीले ट्राफिक जाम, मान्छे भुइँमा ढल्छलगायतका गीत गाए । अफसर अलीले खुसी उमंग, नशा, क्या दामी भो गाएर दर्शकलाई मनोरञ्जन दिए । विद्या तिवारी, महेन्द्र बराल, स्थानीय एनएमजी ब्यान्डले पनि आफ्ना प्रस्तुति राखेका थिए ।

वेटर चितवनले जलजला परियारको उपचारका लागि लाइभ म्युजिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा लियो क्लब अफ नारायणगढ र मिस एसएलसी स्टार इभेन्टले सहकार्य गरेका थिए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost