MENU

स्थायी सरकार आएसँगै लगानीको वातावरण बन्छ : ढकाल

patan-college

अन्नपूर्ण सोमवार, माघ २९, २०७४

Share This

635-x-85_1

लमजुङ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आएपछि पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरेका छन् । जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेकोमा उनको जोड थियो ।

ढकालले व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी–व्यवसायीलाई सहयोग पुर्याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए । लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा लमजुङस्थित बेँशी सहरमा आयोजित दोस्रो बँेशी सहर महोत्सवलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् ।

लमजुङ जिल्ला जलश्रोतले सम्पन्न भएकोले त्यसको उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविद्युत नेपालको दिगो आर्थिक विकासका लागि महत्वपूर्ण रहेको उनले उल्लेख गरे । ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost