MENU

लाबिम मल अनुगमन : चर्को भाडा, ३ करोड कर छली

patan-college

नितु घले मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

 

ललितपुर : ठूला करदाताले विभिन्न बहानामा करछली गरेपछि ललितपुर महानगरपालिकाले आक्रामक शैलीमा कर अनुगमन थालेको छ। अनुगमनको पहिलो तारोमा महानगरपालिका कार्यालयको सामुन्ने रहेको व्यापारिक कम्प्लेक्स लाबिम मल परेको छ।

महानगरपालिकाका आर्थिक विकास समिति संयोजक रवीन्द्र महर्जन, राजस्व शाखाका प्रमुख दिल्लीराम शाक्य, नगर प्रहरी तथा वडाध्यक्षहरूको संयुक्त टोलीले सोमबार लाबिम मलमा अनुगमन गरेको हो। अनुगमनमा मलले ३ करोड रुपैयाँभन्दा बढी कर तिर्न बाँकी रहेको भेटिएको टोलीको भनाइ छ।

अनुगमनमा मलका ३४ वटा पसलमध्ये आठवटा मात्रै दर्ता रहेको संयोजक महर्जनले बताए। ‘हामीले उनीहरूलाई समयमै दर्ता गर्न आग्रह गरेका छौँ’, उनले भने।

औसतमा एउटा पसलले लाबिम मललाई भाडास्वरूप ६० हजारदेखि साढे तीन लाख रुपैयाँसम्म तिरेको भेटिएको राजस्व शाखाका शाक्यले बताए। बाजेको सेकुवा, हिमालयन जाभा, चौधरी ग्रुपको वाइवाई सिटी नुडल्स बार, डल्ले मःमजस्ता ब्रान्डेड नाम पनि दर्ता नगरी सञ्चालनमा रहेको शाक्यले बताए।

मलभित्र करिब ७५ वटा पसल सञ्चालनमा रहे पनि २० वटा मात्र दर्ता भएको उनको भनाइ छ। केएफसी, मेकअप फ्याक्ट्री, न्यु अराइभल, भिस्टा एलएम नेपाललगायत दर्ता भएका छन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost