MENU

कलाकार विल्सनविक्रम राई सवार कार दुर्घटनाग्रस्त

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौं : चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ चढेको कार झापामा दुर्घटनाग्रस्त भएको छ ।

सोमबार मध्यराति १२ बजे ‘तक्मे बुढा’ सहित 'फुर्के नम्बर १' ६ जना कलाकार चढेको कार मोरङको मधुमल्लामा आयोजित महोत्सवमा भाग लिएर झापाको विर्तामोड फर्कने क्रममा दुर्घटनामा परेको हो ।

तीब्र गतिमा रहेको कार अगाडि आएको कुकुरलाई बचाउन खोज्दा दुर्घटनामा भएको हो । कारमा कलकारहरु विल्सनविक्रम राई, विशाल लिम्बू, युकेश लिम्बू, समिल राई र बाल कलाकार जेसिका राई सवार थिए ।

कार सडक भन्दा बाहिर चौरमा गएर बजारिए पनि सबैजना सुरक्षित रहेका छन् । दुर्घटनामा उत्तानो परेको कार क्षतिग्रस्त भएको छ ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost