MENU

महिलाको आधिकारिक थर : बिहे अघिको कि पछिको ?

patan-college

सुरेन्द्र काफ्ले मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौं : आरक्षण गरिएका जाति समुदाय र पछाडि पारिएकाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि छुट्याइएको समानुपातिक सिटमा दलहरुले आफू अनुकुल व्याख्या गरी सांसद चुनेका छन् ।

ब्राह्मण परिवारमा जन्मिएकी यशोदा सुवेदी देव गुरुङसँग विवाह गरेको आधारमा आदिबासी जनजाति कोटाबाट समानुपातिक सांसद भएकी छन्।

नेवार परिवार जन्मिएर ब्राह्मण लीलामणि पोखरेलसँग विवाह गरेकी शशी श्रेष्ठ पनि जनजाति कोटाबाटै सांसद भएकी छन्। मगर परिवारमा जन्मिएर दलित महेश्वर गहतरातसँग विवाह गरेकी उषा पुन जनजाति कोटाबाट प्रदेश सभा सदस्य चुनिएकी छन् ।

सुवेदी, श्रेष्ठ र पुन तीनैलाई माओवादीले समानुपातिकबाट सांसद बनाएको छ । सुवेदी र श्रेष्ठ प्रतिनिधि सभाको समानुपातिक सांसद बनेका छन् भने पुन प्रदेश सभाबाट सांसद चुनिएकी छन् ।

गुरुङसँग विवाह गरेकी यशोदा सुवेदी, बाहुनसँग विवाह गरेकी शशी श्रेष्ठ र दलितसँग विवाह गरेकी उषा पुन: तीनैजना आदिबासी जनजाति कोटाबाट सांसद बनेका छन् । समानुपातिकले उब्जाएको प्रश्न: विवाह गरेपछि यशोदाको जात परिवर्तन भएर जनजाति भयो तर शशी ब्राह्मण र उषा किन दलित भएनन् ?

प्रतिनिधिसभा र प्रदेश सभाका समानुपातिक प्रणालीबाट सांसद हुनका लागि आदिवासी जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम हुनुपर्ने व्यवस्था छन्। समावेशी समूहभित्र पर्नुपर्ने हुँदा ‘थर’को प्रश्न थप महत्वपूर्ण बन्दै गएको हो ।

एमाले र कांग्रेसले पनि माओवादीले जस्तै आफु अनुकुल व्याख्या गरेर समानुपातिकमा महिलाको प्रतिनिधित्व गराएका छन् । तु्लसा थापा र सुजिता शाक्य एमालेले प्रतिनिधि सभा समानुपातिकको आदिबासी जनजातिको कोटाबाट सांसद बनेका छन् ।

तुलसा थापा एमाले उपाध्यक्ष वामदेव गौतमकी श्रीमती हुन् भने सुजिता शाक्य प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेलकी श्रीमती हुन् । थापा र शाक्यको जन्मथर आदिबासी जनजाति हो तर उनीहरुको विवाह बाहुन अर्थात खसआर्यसँग भएको छ ।

एमाले र कांग्रेसले पनि माओवादीले जस्तै  आफु अनुकुल व्याख्या गरेर समानुपातिकमा महिलाको प्रतिनिधित्व गराएका छन् । तु्लसा थापा र सुजिता शाक्य एमालेले प्रतिनिधि सभा समानुपातिकको आदिबासी जनजातिको कोटाबाट सांसद बनेका छन् ।

 उता कांग्रेसबाट सांसद बनेकी पार्वती डिसी चौधरी थारु कोटाबाट परेकी छन । उनको जन्मथर क्षेत्री अर्थात खस आर्य हो । जन्मथर र विवाहित थर दुवैको आधारमा आफु अनुकुल व्याख्या गरेर दलहरुले सूची बुझाएपछि ‘कन्ट्राडिक्सन’ देखिएको छ ।

कसैको जन्म थरलाई आधार मानिएको छ भने कसैको विवाहपछि थरलाई आधार बनाइएको छ । महिलाको आधिकारिक थर चाँहि कुन हो त ? अपवाद बाहेक सामान्यतया विश्वभर विवाह भएपछि पुरुषको थर नै महिलाको थर हुने परम्परा रहँदै आएको छ । तर पछिल्लो समय महिलाहरुले जन्म थर र विवाहपछि दुवै थर लेख्ने गरेका छन् ।

समानुपतिक सांसद चयन गर्दा अप्नाइएका फरक फरक व्याख्याका कारण महिलाको थर जन्मको कि विवाहपछि को ? गम्भीर प्रश्न खडा भएको छ । दलहरुले अपव्याख्या गरेर आफुनिकटलाई समानुपातिक सांसद बनाएका छन् । जसले गर्दा समावेशी अभ्यासमाथि नै प्रश्न उठाएको छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost