MENU

त्रिभुवन विमानस्थलको फोहोरको थुप्रोमा आगो लाग्यो

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको कार पार्किङ क्षेत्रको पश्चिममा थुपारिएको फोहरमा आगो लागेको छ ।

डम्पिङ साइडमा बारम्बार आगो लागिरहने विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । मंगलबार फोहोरको थुप्रोमा सामान्य धुवाँ देखिनासाथ अग्निनियन्त्रकले आगो नियन्त्रण गरेका थिए ।

‘आगलागीबाट उडानमा कुनै पनि समस्या सिर्जना भएको छैन’ उनले भने, ‘पशुपतितर्फको तारबार नाघेर कुलतमा फसेका युवाहरु भित्र छिरी चुरोट खाएर ठुँटो फोहरमा फालिदिँदा आगालागी भएको हुन सक्छ ।’

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost