MENU

घाँस काट्न गएका दुई महिलाको हात्तीले कुल्चँदा मृत्यु

patan-college

मनोहर पोखरेल मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

राजविराज :सप्तरीको कञ्चनरुप नगरपालिका नजिक कोशी टप्पु वन्यजन्तु आरक्षमा घाँस दाउरा लिन गएका दुई महिलाको जंगली हात्तीले ज्यान लिएको छ । मृत्यु हुनेमा ४५ वर्षीया दुर्गी मुखिया र ३५ वर्षीया मन्जु साह छन् । 

आरक्षबाट आउने हात्ती, अर्ना र भालुले घरगोठ, बालीनालीमा क्षति पुर्याउनुका साथै घरपालुवा पशुचौपाया र मानिसलाई समेत आक्रमण गरेर ज्यान लिन थालेपछि सप्तरीको उत्तरीपूर्वी क्षेत्रका बासिन्दा आतंकित छन् ।

हात्तीले गत मंसिर १३ गते कञ्चनरूप –१० बदगामाकी फूलवादेवी यादव, कात्तिक १९ गते कञ्चनरूप नगरपालिका –१२ श्रवणपुरका बिर्खबहादुर बिक, २०७३ चैत २२ गते हनुमाननगरका सञ्जय साफी र रोशनकुमार झाको ज्यान लिएको थियो ।

त्यस्तै, हात्तीले २०७३ पुस ९ गते भारदह –९ स्थित बालुवाका ६० वर्षीय रघुनाथ खंग, २०७३ कात्तिक १८ गते बैरवा –८ का ५५ वर्षीय अल्लाउद्दिन खाँ, २०७३ असार २८ गते कञ्चनरूप नगरपालिका –१० का सत्यनारायण यादवकी छोरी १३ वर्षीया संगीताकुमारी यादवको ज्यान लिइसकेको छ ।

हात्ती, अर्ना र भालुको आक्रमणबाट एक वर्षको अवधिमा दर्जनौ व्यक्ति घाइते भएका छन् ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost