MENU

चारसय किलो गाँजासहित एक पक्राउ

patan-college

कृष्ण सारु मगर मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

हेटौंडा : बिक्रीको लागि तयारी अवस्थामा राखिएको चारसय किलो गाँजासहित एक पक्राउ परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केका ५६ वर्षीय मानबहादुर मोक्तानलाई गाँजा सहित उनको घरैबाट मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा सोमबार साँझ प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा गएको प्रहरी टोलीले गाँजासहित उनलाई पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालले बताए ।

थापाको कमाण्डमा ८ जना र इलाका प्रहरी कार्यालय मनहरीबाट ७ जना गरी १५ जना को प्रहरी टोली राक्सिराङ–८ ठूलो टोड्केस्थित मोक्तानको घरमा खानतलासीको लागि पुगेको थियो । खानतलासीका क्रममा बारीमा तीन वटा चट्टा बनाई बिक्रीको लागि राखिएको गाँजा फेला पारिएको एसपी खनालले बताए ।

प्रारम्भिक अनुसन्धानको क्रममा मोक्तान स्थानीय गाँजा व्यापारी रहेको पत्ता लागेको उनले बताए । मोक्तानलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost