MENU

ट्रयाक्टरको ठक्करले युवकको मृत्यु

patan-college

अन्नपूर्ण मंगलवार, फागुन १, २०७४

Share This

635-x-85_1

मोरङ : मोरङको धनपालथान गाउँपालिका–६ स्थित रंगेली– विराटनगर सडकखण्डमा ट्रयाक्टरको ठक्करले मंगलबार साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनवर्षी नगरपालिका घर भएका १९ वर्षीय मनिष सुवेदी छन् । विराटनगरबाट रंगेलीतर्फ आउँदै गरेको को १० प ९६३९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर खुल्न नसकेको ट्रयाक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका सुवेदीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुवेदी मोटरसाइकलको पछाडि बसेका थिए । मोटरसाइकलका चालक भने सकुशल छन् । ठक्कर दिने ट्रयाक्टरसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost