MENU

२२ दिन ट्रान्सपोर्ट बन्द : प्रभावकारी भएन रुसुवागढी नाका

patan-college

देवचन्द्र भट्ट बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

त्रिशूली : नेपालले चीनसँग व्यापारका लागि प्रयोग गर्दै आएको रसुवा गढी नाका २२ का लागि दिन बन्द भएको छ। ल्होसारको कारण देखाउँदै चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि यो नाकाबाट हुने सम्पूर्ण व्यापार ठप्प बनेको छ। २०७२ सालको भूकम्पपछि चीनले तातोपानी नाका छाडेर रुसुवागढीलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्न थालेको थियो।

त्यसपछि पनि यो नाकाबाट हुने व्यापार पटकपटक बन्द हुँदै आइरहेको छ। यस पटक गत आइबार बन्द भएको नाका २२ दिनपछि मात्र खुल्नेछ। निरन्तरको अवरोधले तातोपानी नाकाको विकल्पका रूपमा विकास गर्न खोजिएको यो नाकाको प्रभावकारीतामा पनि प्रश्न खडा भएको छ।रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइराला नाका नियमित सञ्चालन नभएका कारण राजस्व असुली प्रभावित भएको बताउँछन्।

फागुन महिनामा ३० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रसुवागढी भन्सार कार्यालयको छ। स्याउ र विद्युत् गृहका सामान मात्र आइरहेका कारण रसुवागढीबाट व्यावसायिक कारोबार भएको छैन। ट्रान्सपोर्टले सोमबार बिहान १० बजेसम्म गाडीमा सिल लगाएको थियो। सिल लगाएका गाडी मंगलबार केरुङबाट २४ किलोमिटर दूरी पार गर्दै रसुवागढी नाका हुँदै नेपाल आइसकेका छन्।

रसुवागढी काठमाडौंबाट नुवाकोट हुँदै चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। गत २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यो नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। चीनले गत सेप्टेम्बर एक तारिखदेखि अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको छ।

चिनियाँ ट्रान्सपोर्ट बन्द भएपछि चीनसँग नेपालले व्यापार गर्ने एक मात्र नाका २२ दीनका लागि बन्द।

नेपाल र चीन प्रवेशका लागि हाल सञ्चालनमा रहेको उत्तरी नाका रसुवागढीबाट हिउँदमा सामान बोकेका गाडीको आवतजावत बढिरहेको थियो। चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ। नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरालगायत सामग्री निर्यात हुने गरेको छ।

चीनतर्फ भने हस्तकलाका सामान, चाउचाउ, खुर्सानी, मैदा गइरहेको छ। चालू आर्थिक वर्ष यो नाकाबाट तीन अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ।

यो भन्सारले साउनदेखि माघसम्म एक अर्ब ९१ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। माघ महिनामा मात्र ३१ करोड संकलन भएको छ। बाँकी पाँच महिनाको अवधिमा सजिलै राजस्व संकलनको लक्ष्य पार गर्ने भन्सार प्रमुख कोइरालाले बताए। बितेको आवको यही अवधिमा रसुवा भन्सारले एक अर्ब ३७ करोड रुपैयाँ मात्र संकलन गरेको थियो। यहाँबाट दैनिक ४० थान कन्टेनर सामान लिन केरुङ गइरहेका र ५० थान कन्टेनर रसुवागढी हुँदै नेपाल भित्रिने गरेका छन्।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost