MENU

इस्टर्न जलविद्युते लियो गति

patan-college

प्रदीपचन्द्र राई बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

भोजपुर : जिल्लाको एक मात्र ठूलो इस्टर्न जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ। पाँच मेघावाट क्षमता भएको यो आयोजना सुरु भएको डेढ वर्षमै ६० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भएको छ।

२०६२ सालमा नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोड लगानीमा २.५ मेघावाट विद्युत् उत्पादन हुने गरी सम्झौता भएको थियो। तर, त्यो समयमा काम अघि बढ्न सकेन। पछि २०७२ सालमा आयोजनाको क्षमता बढाएर पाँच मेघावाट पुर्‍याएर काम सुरु गरिएको थियो। एक अर्ब १४ करोडको लगानीमा सम्पन्न हुने यो आयोजनाको पीपीपएअनुसार २०७६ असारसम्म सकिने सम्झौता भए पनि त्यसभन्दा अघि नै पूरा गर्ने आयोजनाको लक्ष्य छ।

२०६७ सालबाट निर्माण सुरु गरिए पनि सडक, विद्युत् प्रसारण, इन्धन, नाकाबन्दी, भू–कम्प, राजनीतिक अवरोधका कारण निर्माण कार्यमा अवरोध आएको थियो। पाँच वर्षपछि आयोजनाको काम पुनःसञ्चालनमा आएपछि निर्माणकार्यले गति लिएको आयोजनाका अधिकृत दिपेन राई बताउँछन्।

। हाल आयोजनाको विद्युत् गृहदेखि मुहानसम्मको चार किलोमिटर पाइप बिछ्याउने, टरबियम लगाउने, त्यसलाई राख्ने, फोर वे निर्माण, मुहानको बाँध बाँध्ने काम तीव्र रूपमा भइरहेको छ। वर्षात् सुरु हुनुअघि मुहानको बाँध सक्नुपर्ने भएकाले काम तीव्र गतिमा भइरहेको आयोजना प्रमुख रोशन शाहले बताए। उनले भने, ‘अहिले आयोजनाको अन्डर स्लुइसको काम लगभग सकिएको छ। नदीमा पर्खाल हाल्ने काम भइरहेको छ। मुहानको बाहिरी पर्खाल लगाउने काम हुन बाँकी छ।’

आयोजनाको निर्माण काम सम्पन्न भएपछि नेपाल विद्युत् प्राधिकरणलाई ३५ वर्षका लागि हस्तान्तरण गरिने सम्झौता भएको छ। अहिले आयोजनाको विद्युत्गृह, पाइप बिच्छ्याउने, फेब्रिकेसन (कच्चा फलामका पातालाई पाइपका लागि जोड्ने, दोबार्ने, वेल्डिङ गर्ने काम), टर्बाइन लगाउने, फोर वे निर्माण गर्ने, मुहानको बाँध बाँध्नेलगायत तीन सयभन्दा बढी मजदुरले काम गरिरहेका छन्।



Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost