MENU

धनगढी विमानस्थल स्तरोन्नति : आठ महिनाभित्र कम भिजिविलिटीमा पनि उडान

patan-college

शिबराज भट्ट बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

धनगढी : प्रदेश नम्बर ७ को धनगढी विमानस्थलमा जापान सहयोग नियोग (जाइका) ले जडान गर्न लागेको भीओआर/डीएमई उपकरण अबको नोभेम्बर २०१८ भित्रै जडान गरिसक्ने तयारी थालिएको छ। कम भिजिविलिटीमा पनि उडान गर्न सहयोग गर्ने यन्त्र भीओआर/डीएमई जडानका लागि नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक संजीवसिंह कडायतको नेतृत्वमा जाइकाबाट उपकररण जडानको अनुमति पाएको एनईसी कार्पोरेसनका तीन जना इन्जिनियरको टोली धनगढी आएको छ।

नागरिक उड्डयन प्राधिकरणले अबको आठ महिनाभित्रै धनगढी विमानस्थलमा भीओआर/डीएमई जडानका लागि तयारी थालेको उपनिर्देशक कठायतले जानकारी दिए। जापान सरकारले नेपालका चार वटा विमानस्थलमा अनुदानमा जडान गरिदिने भीओआर/डीएमई धनगढी विमानस्थलमा पनि जडान हुन लागेको हो।

त्यो उपकरण जडानका लागि जाइकाले जापानकै एनईसी कार्पोरेसन नामक कम्पनीलाई ठेक्का यसअघि नै दिइसकेको छ। अहिलेसम्म पनि उकरण जडानका लागि जग्गाको टुंगो लागि नसकेकाले प्राधिकरणलाई उपकरण जडानमा समस्या भइरहेको कठायतले बताए।

‘तीन जना जापानिज इन्जिनियर र म चार दिनसम्म धनगढी विमानस्थलको स्थलगत अध्ययन गर्नेछौं, त्यसपछि प्राधिकरणबाट जडानको प्रक्रियच सुरु गरिनेछ’, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक कठायतले भने।

भीओआर नामक उपकरणले पाइलटलाई विमानस्थलको डिजिटल दिशा बताउने र डीएमई नामक उपकरणले विमानस्थलसम्मको दूरी निर्देश गर्ने भएकाले, हिउँदमा लाग्ने सामान्य हुस्सुमा जहाज अवतरण र उडान गर्न सकिनेछ। यी दुवै उपकरण नभएका कारण हरेक हिउँदमा सामान्य तुवालोमा पनि धनगढीका उडान अवरुद्ध हुँदा यस क्षेत्रका यात्रु समस्या झेल्दै आएका छन्।


जापान सरकारले नेपालका चार वटा विमानस्थलमा अनुदानमा जडान गरिदिने भीओआर/डीएमई धनगढी विमानस्थलमा पनि जडान हुन लागेको छ।

‘अहिले धनगढी विमानस्थलमा आँखाले देखेका भरमा विमान उडान अवतरण गरिन्छ। आँखाले पाँच हजार मिटरसम्म देखियो र आकाश निलो देखियो भने मात्रै हामीले विमानस्थल खुलेको जानकारी गराउछौं तर भीओआर/डीएमई जडान भयो भने १५ सय देखि १६ मिटरको भिजिविलिटिमा जहाज मगाउन सकिन्छ’, धनगढी विमानस्थलका प्रमुख छविसिंह ठकुल्लाले भने।

पुस र माघको महिनामात्रै २० दिन धनगढीको उडान भिजिविलिटी नभएकै कारण रद्द भएको छ। काठमाडौं–धनगढीका लागि नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्स गरी चार वटा विमान कम्पनीका दैनिक उडान छन्। चार वटै विमानबाट दैनिक चारदेखि पाँच सय यात्रुले ओहोरदोहोर गर्ने गरिएकोमा हरेक हिँउदमा भीओआर/डीएमई नभएका कारण उडान अवरुद्ध हुने गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक कठायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि देशकै अर्को लामो धावनमार्ग रहेको र अहिले पनि यसको वरिपरि घर बनिनसकेकाले यसको स्तरोन्नतिका लागि धेरै सम्भावना रहेको बताए। उनले प्राधिकरणले यस विमानस्थलमा धेरै सम्भावना देखेकाले यसको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको पनि बताए।

भीओआर/डीएमई जडानका त्यहाँसम्म विद्युत् आपूर्ति हुनुपर्ने, उपकरण भएको स्थानसम्म विमानस्थलभित्रैबाट जाने सडक र सुरक्षाको पनि प्रबन्ध गर्नुपर्ने भएकाले ती सबै काम भने प्राधिकरणले गर्ने उनले बताए।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

730x90_Antenna_Relocation_Annapurnapost