MENU

पत्रकारको न्यूनतम तलब बढाउन माग

patan-college

अन्नपूर्ण बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ। महासंघ अन्तर्गतको श्रमजीवी हित प्रवर्द्धन समितिले पारिश्रमिक पुनरावलोकन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गरेको हो।

'बढ्दो महँगीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको कठिनतालाई समेत मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न' महासंघले माग गरेको छ।

महासंघका सचिव समेत रहेका श्रमजीवी हित प्रवर्द्धन समितिका संयोजक रामप्रसाद दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाएको हो। '२०७२ साल असारमा समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न' मागमा अनुरोध गरिएको छ।

पुनरावलोकन सिफारिस गर्दा तत्कालीन सुरेश आचार्य नेतृत्वको समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन गर्न, खेम भण्डारी नेतृत्वको समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि, स्ट्रिन्जरहरूको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैंकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण गरिएको छ। 

महासंघका माग यथाशीघ्र सम्बोधन नगरे दबाबमा उत्रन बाध्य हुने चेतावनी पनि समितिले दिएको छ। प्रतिनिधिमण्डललमा समितिका सहसंयोजक जन्मदेव जैसी, सदस्यहरू यम विरही, टिकाराम प्रधान र टेकराज थामी सहभागी थिए।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost