MENU

लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी

patan-college

सलमान खान बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

भैरहवा : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा तालाबन्दी गरिएको छ।नगरपालिकाको कार्यालय अन्य वडामा सार्न लागेको विरोधमा स्था नीयले तालाबन्दी गरेका हुन्।

नगरपालिकाको ३ नम्‍बर वडामा रहेको पडरियास्थित साविकको लुम्बिनी आर्दश गाविसको कार्यालयबाट संचालन हुँदै आएकोमा हाल कार्यालयको काम १० नम्बर वडामा रहेको महिलवारबाट संचालन हुन लागेको हो।

स्थानीयद्वारा जारी विज्ञप्तीमा नगरपालिकाको कार्यालयले नगरपालिका साविकको लुम्बिनी आदर्श गाविस क्षेत्रमा नै राख्नका लागि प्रथामिकतामा राख्ने भनी पटक पटक गरेको सहमति र साविकको लुम्बिनी आदर्श गाविस क्षेत्रमा नगरपालिकाको भवन निर्माणको लागि स्थानीयहरुले जग्गा दान तथा व्यवस्थापन गर्न तयार हुँदासमेत नगरपालिका कर्मचारी तथा पदाधिकारी संवेदनशिल नभई कार्यालयले अन्यत्र सारिएकोले तालाबन्दी गरिएको उल्लेख छ।

यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले नगरपालिकाको बोर्ड बैठक नयाँ कार्यालयमा बस्दा तालाबन्दी गरिएको बताए।नगरपालिकाको नगरसभापश्चात नगरपालिकाको बोर्ड बैठक बस्न सकेको थिएन।साविकको लुम्बिनी आर्दश गाविसको भवनबाट कामकाज गर्न समस्या परेको कारण अन्‍त्र भवन खोज्नु परेको पौडेलले बताए ।

उनले भने,' पडरियाबाट संचालित नगरपालिकाको कार्यालयमा ६ वटा मात्र कोठा रहेको छ।जहाँ कर्मचारी बस्ने ठाउँ समेत अपुग छ।त्यसैले महिलवारमा प्रयाप्त कोठा भएको भवन लिजमा लिएर कार्यालय संचालन गर्न खोजेका हौँ।'

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost