MENU

सिलवालको कीर्ते प्रकरणः परिसरले सरकारी वकीललाई सोध्यो

patan-college

अन्नपूर्ण बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

काठमाडौँः नेकपा एमालेका सांसद तथा पूर्वडिआईजी नवराज सिलवालको आईजीपीमा बढुवासम्बन्धी कीर्ते फाइलको छानबिन प्रक्रियालाई लिएर महानगरीय प्रहरी परिसर काठमाडौँले सरकारी वकीलसँग राय मागेको छ ।

परिसरले बुधबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौँमा सिलवालको छानबिनसहितको फाइल पेश गर्दै राय माग गरेको हो ।

सरकारी वकीलले एक दुई दिन अध्ययन गरेर परिसरलाई आवश्यक राय उपलब्ध गराउने भएको छ । काठमाडौँ सरकारी वकील कार्यालय स्रोतका अनुसार फाइल अध्ययनपछि मुद्दा चल्न सक्ने आधार र कारण भए नभएको विषयमा निर्णय दिइनेछ ।

सरकारी वकीलको राय प्राप्त भएपछि परिसरले फाइल थप अगाडि बढाउने वा नबढाउने विषयमा निर्णय गर्ने भएको छ । त्यसपछि मात्र सिलवाललाई बयान लिने नलिने विषयको टुंगो लाग्ने भएको छ ।

स्रोतका अनुसार सिलवाल छानबिन प्रकरणमा जिल्ला सरकारी वकील र परिसरले समन्वयात्मक ढंगले अघि बढ्ने विषयमा छलफलसमेत भएको छ ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost