MENU

करेण्ट लागेर बालकको मृत्यु

patan-college

भरत खड्का बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका ३ बगाहामा करेण्ट लागेर घाइते भएका बालकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फारममा खेल्नेक्रममा अचानक करेण्ट लागेर घाइते भएका छिमेकी चुडामणि चौधरीका १५ वर्षीय छोरा सुशान्त चौधरीको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो।

फारमभित्र खेल्नेक्रममा बिजुलीको नांगो तारमा बालकको शरीरले छोएपछि करेण्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए। लगत्तै स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost