MENU

करेन्ट लागेर बालकको मृत्यु

patan-college

भरत खड्का बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका –३ बगाहामा करेण्ट लागेर घाइते भएका बालकको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फर्ममा खेल्नेक्रममा अचानक करेण्ट लागेर घाइते भएका छिमेकी चुडामणि चौधरीका १५ वर्षिय छोरा सुशान्त चौधरीको उपचारकै क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो ।

फर्मभित्र खेल्ने क्रममा विजुलीको नाङ्गो तारमा बालकको शरिरले छोएपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टराईले बताए । उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost