MENU

एनसेल टावरमा विप्लवको आक्रमण

patan-college

राजन गाउँले बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले सिन्धुलीको सुनकोसी गाउँपालिका- ७ स्थित मझुवाको सोलापाखामा रहेको एनसेलको टावरमा आगजनी गरेको छ।माओवादीले जनयुद्धका बेला लिएको बाटो परिवर्तन गरी संसदीय व्यवस्थामार्फत राज्य सत्तामा गएको आरोप लगाउँदै विप्लव माओवादीले देशका विभिन्न भागमा एकै पटक निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आक्रमण गरेको हो।

आगजनीबाट टावरको सम्पूर्ण सामाग्री काम नलाग्ने गरी नष्ट भएको छ। विप्लव माओवादीले रिपिटर टावरको रुपमा रहेको टावरमा आक्रमण गरी आगजनी गरेको बताइएको छ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दश वर्षे शसस्त्र जनयुद्धकै दिन पारेर विप्लव माओवादीले भौतिक संरचनामाथि आक्रमण सुरु गरेको छ।अक्रमणबाट एनसेल टावरमा क्षती पुगेको छ। तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन १ गते रातको समयमा उक्त टावरमाथि विप्लव माओवादीको देशव्यापी कार्यक्रमअनुसार आक्रमण गरिएको विप्लव माओवादी सिन्धुलीका नेता शसी राइले बताए।

उनले टावरमा भएको आक्रमण विप्लव माओवादीनै गराएको बताए। टावरमा आगलागी गराइएको वा बम विष्फोट गराइएको विषयमा भने राइले खुलाउन चाहेनन्। एनसेल करछली प्रकरणको कडा विरोध गर्दै आएको उक्त पार्टीले पछिल्लो समय एनसेलको टावरमाथि आक्रमण थालेको हो।

२०५२ साल फागुन १ गते तत्कालीन माओवादीले सिन्धुलीको गढीस्थित नेपाल प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र जनयुद्धको उद्घोष गरेको थियो। राइका अनुसार १ गते राति देशभर भएका एनसेल टावरमाथिको आक्रमण विप्लव माओवादी समर्थक कार्यकर्ताहरुले नै गराएका हुन्।

विप्लव माओवादीले सोमबार रातिनै रोल्पाको माडी गाउँपालिका ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा समेत आक्रमण गरेको थियो। सोही दिन नुवाकोटमा समेत एनसेल टावरमाथि आक्रमण गरेका घट्ना बाहिर आएका छन्।

उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार घट्नास्थलमा विप्लव माओवादीको पर्चा भेटीएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको र विप्लव समूहका शंकास्पद व्यक्तिको निगरानी बढाएको शर्माले बताए।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost