MENU

थुनुवा फरार भएपछि प्रहरी निलम्बित

patan-college

राजन गाउँले बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

सिन्धुली : सार्वजनिक अपराधमा पक्राउ गरी अनुसन्धानमा राखिएका थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालय भिमानमा कार्यरत प्रहरी जवान राजीवकुमार पटेल निलम्बनमा परेका छन् ।

कमलामाई नगरपालिका –१० भिमानका मीनबहादुर कार्कीको जाहेरीमा केही सार्वजनीक अपराध सम्बन्धी मुद्धामा माघ २५ गते पक्राउ परेका कमलामाई नगरपालिका –९ सुकेखोलाका १८ वर्षीय रोहित लम्साल हिरासतबाटै फरार भएकाले पटेललाई निलम्बन गरिएको हो ।

 पटेल थुनुवा सुरक्षा सेन्ट्रीमा खटिएका बेला माघ २७ गते लम्साल ट्वाइलेट जान भनेर हिँडेका थिए । साँझ सात बजे थुनुवा कक्ष बाहिर गई फर्कने क्रममा फरार भएपछि प्रहरी जवान पटेललाई निलम्बन गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए ।

ड्युटीमा रहेका बेला प्रहरी जवान पटेलको लापरबाहीका कारण लम्साल फरार भएको प्रहरीको बुझाइ छ । निलम्बित प्रहरी जवान पटेललाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको छ ।

फरार अभियुक्त लम्सालको खोजि भइरहेको र घटनाको अनसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।

समितिमा इलाका प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक हेमन्तविक्रम थापा, प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाह, प्रहरी हवल्दार प्रकाशराज थापा र प्रहरी जवान टंकप्रसाद भण्डारी रहेका छन् ।

समितिलाई मुद्धा अनुसन्धान तथा तहकिकातका क्रममा फरार अभियुक्त लम्साल र प्रहरी जवान पटेलका बीच अनुसन्धान गरेर प्रतिवेदन बुझाउन जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आदेश दिएको छ । सिन्धुलीमा यस अघिपनि पटक पटक प्रहरी नियन्त्रणबाट अभियुक्त फरार हुने गरेका थिए ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost