MENU

५० किलो चरेशसहित दुई पक्राउ

patan-college

खेम बुढामगर बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

रोल्पा : रोल्पामा पचास किलो लागूऔषध चरेशसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थबाङ गाउँपालिका ३ लाटाबाङ बस्ने २२ वर्षीय शेरबहादुर बुढामगर र २२ वर्षकै प्रश्न बुढामगर छन्।बरामद गरिएको चरेश जिल्ला प्रहरी कार्यालय परिसरमा बुधबार दिउँसो जलाइ नष्ट गरिएको छ। 

क्षेत्रीय प्रहरी व्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालयबाट खटि गएका सादा पोसाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी नायव निरीक्षक तिलकप्रसाद कलौनसहितको संयुक्त टोलीले चरेशसहित दुईजनालाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा थबाङ गाउँपालिका ३ लाटाबाङ बस्ने २२ वर्षीय शेरबहादुर बुढामगर र २२ वर्षकै प्रश्न बुढामगर छन्।‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,'प्रहरी निरीक्षक पन्थीले भने। अपराध ठहर भएमा दश किलोदेखि माथि जतिसुकै भएपनि दुई वर्षदेखि दश वर्षसम्म कैद र पन्ध्र हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

charesh1

रोल्पाको सदरमुकाम लिबाङमा रहेको जिल्ला प्रहरी परिसरमा बरामद गरिएको चरेश जलाई नष्ट गरिदै। तस्बिर : खेम बुढामगर

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost