MENU

एनसेलको टावरमा राखिएको कुकर बम निष्क्रिय

patan-college

ईश्वरकाजी खाइजू बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

भक्तपुर : भक्तपुर नगरपालिका –१ सृजनानगरस्थित एनसेलको टावर नजिकै राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले चामलको बोराभित्र राखिएको प्रेसर कुकर बम निष्क्रिय पारेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुई तले घरको छतस्थित एनसेलको टावरसँगै बोरामा शंकास्पद वस्तु देखिएपछि बम हुनसक्ने आशंकाले सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बोराभित्र प्रेसर कुकर र केही तार देखिएपछि उक्त वस्तु प्रेसर कुकर बम नै भएको निश्चित भएको बताए ।

उनका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकरसँग जोडिएको तारलाई डिफ्युज गरेको थियो । तार डिफ्युज भएपछि बम डिस्पोजल टोलीमा संलग्न एक सैनिक अधिकारीले विस्फोटक पदार्थले भरिएको प्रेसर कुकर बोकेर ल्याएका थिए ।

बम डिफ्युज गर्दा प्रेसर कुकर कुचिए पनि विस्फोटक पदार्थ पड्किन नपाएको प्रहरी नायव उपरीक्षक प्रसाईंले बताए । विस्फोटक पदार्थ भएको प्रेसर कुकर परीक्षण गर्नलाई भनी नेपाली सेनाको बम डिस्फोजल टोलीले आफ्नै साथमा लगेको छ ।

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उक्त बम राखेको हुनसक्ने अनुमान गरेको छ । यसअघि मंगलबार देशका विभिन्न ठाउँमा पनि एनसेलकै टावरहरुमा बम विस्फोट गराइएको थियो ।

मंगलबार राती भक्तपुरको चाँगुनारायण –८ सुडालस्थित एनसेलको टावरमै बम विस्फोट भएको थियो ।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost