MENU

काम सुरु नहुँदै हुलाकी सडकमा अवरोध

patan-college

क्रान्ति शाह बुधवार, फागुन २, २०७४

Share This

635-x-85_1

वीरगन्ज : तरार्इ मधेसको लाइफ लाइनका रुपमा हेरिएको हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक हजार सात सय ९२ किलोमिटर लम्बाइको हुलाकी सडक अन्तर्गत पर्सामा ६० किलोमिटर सडक खण्ड छ ।

पहिलो खण्डमा पर्ने साविकको बहुअर्वाभाठा गाविस र हालको बिन्दवासनी गाउँपालिकाका ४० भन्दा बढी जग्गा धनीले सरकारले तोकेको हुलाकी सडकका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा अत्यन्तै कम भएकाले मुआब्जा बुझ्न मानेका छैनन् । बहुअर्वाभाठामा हुलाकी सडकका लागि स्थानीयका ३० कठ्ठा जग्गा अधिग्रहण गरिएको छ ।

पर्सामा हुलाकी सडकको वीरगन्जको प्रतिमा चोकदेखि सेढवासम्म ३० किलोमिटर र सेढवादेखि ठोरीको चौतारासम्मको ३० किलो मिटर गरि दुर्इ खण्डमा गरी ठेक्का लगाइएको छ । वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्काका लागि बानिया जेभीले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा सहमती गरेकाे छ ।

दुवै खण्डको हुलाकी सडकको शीलान्यास गरी निर्माण कार्य थालिए लगत्तै केही स्थानमा स्थानीयले मुआब्जाको माग गर्दै आन्दोलन थालेपछि काममा अवरोध भएको हो । वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडक खण्डको बहुअर्वामा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडकखण्डको बाघमोर्चामा स्थानीयले मुअब्जाको माग गर्दै काममा अवरोध गरेका हुन् । स्थानीयको अवरोधका कारण दुवै स्थानमा हुलाकी सडकको काम रोकिएको हाे।

Nami
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

थप सामग्री

730x90_Antenna_Relocation_Annapurnapost