मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण ठगी प्रकरण
काठमाडौं : मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा दुई अर्ब ८६ करो रुपैयाँ ठगीको अभियोगसहित मुद्दा चलाइएका ‘भिएलएन’ संस्थाका अध्यक्ष रामप्रसाद श्रेष्ठसँग काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी मागेको छ। जिल्ला न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले तारिखमा मुद्दा लड्न पाउने गरी धरौटी रकम माग गरेको हो।
काठमाडौं जिल्ला अदालतको माग अनुसार श्रेष्ठले धरौटी रकम बुझाए पनि ललितपुर जिल्ला अदालतमा पनि अर्को ठगी मुद्दा दर्ता भएकाले पुनः ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
श्रेष्ठविरुद्ध दुई अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबर बिगो दाबी गर्दै सजायको माग राखेर मुद्दा दायर गरेको थियो। मलेसिया जाने युवाहरूसँग सरकारले तोके भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित विभिन्न संस्थाका ४० जना पक्राउ परेका थिए।
पक्राउ अन्य कतिपय व्यावसायी पनि अदालतको आदेश अनुरुप यसअघि धरौटीमा छुटेका थिए। काठमाडौं जिल्ला अदालतका अधिकृत टिकासिंह खत्रीले श्रेष्ठसहित अभियुक्त सबैलाई धरौटी तारिखमा राखिएको बताए।