जनकपुर : प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर झापड हानेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका हुन्।
‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा भएका बेला सचिव झाले कुटाई खाका हुन् । मन्त्रीले कुटपिट गर्दा उनको अनुहार सुन्निएको छ।
कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।
मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै कुटपिट गरेका हुन्। कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट छ।’
'हरामीका बच्चा.. ' रिसको झोकमा सचिवले के के भने ?
मन्त्रीले झापड हानेपछि सचिव झा आक्रोशित भएर मन्त्रीलाई तथानाम गाली गरेका छन् । ‘यसको एनजिओ परेन। यो मादर..चु.. को एनजिओ परेन अनि मलाई पीट्ने ? हरामीका बच्चा’, सचिव झाले भने, ‘मैले इमान्दारीपूर्वक काम गरेको छु। अख्तियार बोला मादर..चु..। हरामीको बच्चा साला मर्नेभए आइज एक्ल–एक्लै एपीएफलाई अगाडि पारेर लर्छस्। मन्त्रीले यस्तो गर्ने हो? यसको एनजिओ परेन भनेर मलाई पिट्यो।’
आक्रोशित सचिवले आफ्नो मन्त्रालयका साथीलाई गुहार माग्दै मन्त्रीलाई छोड्नु नहुने बताए । ‘ए वनका साथीहरु मलाई बोलाएर पिटेको यो माद..चु.. लाई त्यसै छोड्नु हुँदैन। आउ बस धर्ना। अब म देखाउँछु। विजय यादवको एनजिओ नपार्दिएर मलाई हात पक्रन लगाएर सभामुखको अगाडि पिटेको छ’, आक्रोशित सचिवले लेख्नै नमिल्ले शब्दमा मन्त्रीलाई गाली गर्दै भने, ‘यो मादर..चु.. कसरी लड्यो। यिनिहरू घुसखोर हो मधेसको। घुस खानलाई यसले एनजिओबाट पैसा लिएको छ। किन गर्दिइनस भनेर बोलाएर पिट्यो फाइल पनि थुतेको छ।’
उनले मन्त्रीले आफ्नो फाइलसमेत खोसेको भन्दै चर्को आपत्ति जनाएका छन् । ‘अन्यायको एउटा सीमा हुन्छ नि। मोरो फाइल खोसेको छ । त्यो ल्याइदिनुस् । केही हुँदैन। त्यो मान्छेको टुप्पी उखेलिन भने मेरो नाम विद्यानाथ झा होइन’, सचिवले भने, ‘यही जनकपुरमा घर छ मेरो। साथीहरू यसले पैसा खाएर सोर्स लगाएको थियो। यसको एनजिओ पारिदिइनँ भनेर मलाई यसो गरेको छ।’
सचिव झाले आफूले अन्याय गरेको भए अख्तियार जान तयार रहेको बताउँदै मन्त्रीको पदको मर्यादा राखेर मात्र नत्र घाँटी भाँचिदिने बताए । ‘मैले अन्याय गरेको छु भने अख्तियार जान तयार छु। न्याय गरेकाले सभामुखको अगाडि मलाई थप्पड हालेको छ। मैले मन्त्री पदको मर्यादा राखेर मात्र नत्र त्यहा नै यसको घाँटी भाचिदिने थिएँ। यहाँ ठुलो अन्याय भएको छ। कोही मधेसी साथीहरु बोल्नुहुन्न भने भोलिबाट कोही काम गर्न आउनेवाला छैन’, उनले भने, ‘मन्त्री भएपछि हामी के यिनिहरूको चम्चा हो हामी ? घुस खाएर के एउटा एनजिओलाई गर्दिनुपर्ने हामीले ? आउनुस् म पत्रकार सम्मेलन गर्दै छु अहिले। मेरो फाइल तुरुन्त ल्याउनुस्।’
कुटाई खाने सचिव मन्त्रीकै निर्देशनमा पक्राउ
पत्रकारसँग यसरी रोए मन्त्रीको कुटाई खाने सचिव (भिडियो)
सचिवलाई मन्त्रीको झापड : छानबिन समिति गठन