राज्यसँग हैरान तेस्रोलिंगीहरू

राज्यसँग हैरान तेस्रोलिंगीहरू

काठमाडौं (अन्नपूर्ण) : राज्यका केही निकायले सरकारी कामका सिलसिलामा प्रमाणीकरण गर्न सिफारिस मागेको भन्दै तेस्रोलिंगी हैरान भएको बताएका छन्। त्रिभुवन विश्वविद्यालयले पनि तेस्रोलिंगी विद्यार्थीलाई अध्ययनबाट वञ्चित गरेको आरोप उनीहरूको छ।

सन् २०१३ मा समलिंगी पुरुषको प्रतियोगिता ‘मिस्टर गे ह्यान्डसम’ बनेका हेटौंडाका विश्वराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत पाँचबर्से बीए एलएलबी पढ्न नपाएको बताए। उनले यस वर्ष एलएलबी अध्ययन गर्न अन्य कोटाबाट यौनिक तथा लैंगिक अल्पसंख्यकअन्तर्गत फाराम भरेका थिए।

१० वर्षदेखि समलिंगी पुरुष अधिकारको वकालत गर्दै आएका उनलाई कलेजले तेस्रोलिंगी (एलजीबीटीआई) भएको सिफारिस ल्याउन सुझाएको उनले बताए। उनले भने, ‘म आफैं उपस्थित भएर समलिंगी पुरुष हुँ भनें तर सिफारिस नै चाहिन्छ भने।’ यस्ता अनावश्यक झमेलाबाट हैरान भएको उनको भनाइ छ। कानुनअनुसार अन्य समुदाय भन्नाले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई जनाउने उनले बताए।

संविधानको धारा १२ मा लैंगिक हिसाबमा कसैलाई विभेद गर्न नपाइने र धारा ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राज्यका सबै नीति निर्माण तहमा समावेश गर्नुपर्ने उल्लेख छ। धारा १२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य उल्लेख गरेर पहिचानसहित नागरिकता दिने व्यवस्था गरेको छ।

एन्जल लामाले पनि उस्तै समस्या भोग्दै आएकी छन्। तेस्रोलिंगी सुन्दरी प्रतियोगिता ‘मिस पिंक २०१८’ की विजेता उनले नागरिकता बनाउन जाँदा आफ्नै वडाका अध्यक्षले लिंग परिवर्तन गरेको डाक्टरको प्रमाण मागेको बताइन्। उनले अझै नागरिकता पाएकी छैनन्। ललितपुरकी रुक्साना कपाली त्रिचन्द्र कलेजमा भर्ना भए पनि विश्वविद्यालयले दिने रजिस्टे«सन नम्बर अहिलेसम्म पाएकी छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.