मातृका पोखरेलको ‘मित्रताको आकाश’ बजारमा
![मातृका पोखरेलको ‘मित्रताको आकाश’ बजारमा](https://annapurnapost.prixacdn.net/media/albums/pokharel-matrika_20190809112840_5PgIPcsxuN.jpg)
काठमाडौं : प्रगतिशील साहित्यकार तथा कवि मातृका पोखरेलको कवितासंग्रह ‘मित्रताको आकाश’ प्रकाशित भएको छ ।
संग्रहमा २६ कविता छन् । उनका कवितामा शान्त र भद्र तरिकाले क्रान्तिबोध गरिएको पाइन्छ । नेपाली कम्युनिष्ट राजनीतिप्रति प्रतिबद्ध भएको भाव उनका कवितामा पाइन्छ । आफू उभिएको समय र समाजलाई उनले कवितामा उतारेका छन् ।
उक्त कवितासंग्रह रामकृष्ण सृजना प्रतिष्ठान, काठमाडौंले प्रकाशन गरेको हो । यसभन्दा पहिले पनि उनका चार कवितासंग्रह र दुई कथासंग्रह प्रकाशित भइसकेका थिए । पाेखरेल प्रगतिशील लेखक संघका निवर्तमान केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहकार पनि हुन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)