कोरोनाभन्दा खानको चिन्ता

कोरोनाभन्दा खानको चिन्ता

विराटनगर : विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकिन सरकारले लगाएको लकडाउनमा सुकुम्बासीलाई खाने समस्या भएको छ। दैनिक मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका सुकुम्वासी मुसहर बस्तीमा लकडाउनको बेला छाक टार्न समस्या भएको हो।

दैनिक मजदुरी गरेर छाक टार्ने मुसहर बस्तीमा बासिन्दालाई लकडाउनले काम बन्द भएपछि ऋण खोजेर छाक टार्ने गरेको बताउँछन्। विराटनगर महानगरपालिका १२ बखरीका वेदानन्द रिसिदेवले घरमा बस्ने गरी भएको बन्दले खान नै समस्या भएको बताए। तीन सन्तानसहित ५ जनाको परिवार रहेको उनले भने, ‘ खान चाहिने रासन कोसँग लिने भनेर पनि अन्योल छ। ‘उनले राजमिस्त्रीको काम गर्दा दैनिक ६ सय कमाएर घर परिवारको छाक टार्ने गरे पनि अब खान घरमा केही पनि नरहेको बताए।

सापटी पनि कसैले नदिने भएकाले समस्या भएको उनको भनाइ छ।

अर्को अशोक रिसिदेवले फरक फरक ठाउँमा काम गर्ने भएकाले कसैले पनि ऋणसमेत नदिने बताए। कसैले ऋण पनि दिँदैन उनले भने, ‘८ जनाको परिवार कसरी पाल्ने ? उनले साहु पनि एउटै नभएकाले कसैसँग चामल मागे पनि नसुने जस्तो गर्ने गरेको बताए। एकल महिला कमली रिसिदेव सबै नेतासहित वडाध्यक्षलाई समेत खान व्यवस्था मिलाउन भने पनि भेट्नसमेत नमानेको सुनाए।

‘कुनै काम हुँदैन बसेर दिन काट्दै छु उनले भनिन्, ‘केहीलाई मास्क मात्र दिए। हात धोएर बस्नु पर्ने सुनेकाले साबुन र खाने चामल उपलब्ध नभए भोखै नै मर्ने की भनेर चिन्ता लागेको बताइन्।

प्रहरी आएर घरमा बस्न भनेर धम्की दिन्छ तर भोकै कसरी बस्न सकिन्छ स्थानीय राजकुमारीले भनिन्, ‘खेती छैन, काम गरेर बालबच्चा पाल्नेले कसरी बाँच्छ ? ‘सबै नेता र खेतीवालाको घरमा गएर घुमेर आए कसैले पनि केही दिएन, उनले भने, ‘अहिले दिनुस्, काम गरेर फर्काइदिन्छु भन्दा पत्याउँदैनन्।

निर्वाचन सकिएको बेला सबै समस्या समाधान गर्ने आश्वासनको भरमा मतदान गरेका सुकुम्वासी मुसहर बस्तीमा हालसम्म कुनै पनि जनप्रतिनिधि पुगेका छैनन्। निर्वाचनको समयमा मुसहरले राखेका माग पूरा गर्ने प्रतिवद्धता जाहेर गर्ने जनप्रतिनिधिले अहिलेसम्म बस्ती टेकेका मात्र होइनन्, विपद्को बेला भेट्नसमेत नमान्ने गरेको उनीहरु बताउँछन्। विराटनगर महानगरपालिका १२ बखरी टोलमा रहेका सुखुम्बासी मुसहरहरु सँग निर्वाचनको समयमा सुकुम्वासी समस्या समाधान गर्ने र लालपूर्जा उपलब्ध गराउने, व्यवस्थित बसोबासको व्यवस्थापन मिलाउने जस्ता भौतिक आवश्यकता पूरा गर्ने प्रतिवद्धता जाहेर गरेकाहरुलाई तत्काल लकडाउनको बेला खाने व्यवस्था मिलाइ दिन मात्र आग्रह गरेको सरस्वती रिसिदेवले बताइन्।

प्रतिवद्धता जाहेर गर्ने निर्वाचित तथा पराजित उमेदवार समेत अहिलेसम्म बखरीको मुसहरी बस्तीसम्म नपुगेको मुसहर अगुवा बताउँछन्।

आश्वासनको भरमा नभई प्रतिवद्धता पूरा गर्ने उम्मेद्वारलाई मात्र मतदान गर्ने निधो गरेका उनीहरु फेरि प्रतिवद्धता कै भरमा नेताको आश्वासनको चेपुवामा परेको बताउँछन। पुस्तौंदेखि ऐलानीमा बस्दै आएका उनीहरुको हालसम्म जग्गा लालपूर्जा नपाएको दुःख त छँदैछ र सोही सो जग्गाबाट हटाइदिने हो कि भने त्रास पनि कायमै रहेको बेला विपन्नबाट जोगाउन पनि कसैले चासो नराख्ने गरेकोमा उनीहरु चिनिन्छन्।

जग्गाको लालपूर्जा दिलाउने ठोस आधार प्रस्तुत गरेर आफूहरुलाई विश्वास दिलाएका नेता मन्त्री बने पनि समस्या बुझ्न नआएको स्थानीय ६० वर्षीय भगलु रिसिदेवले बताए। भेट्न जाँदा भेट हुँदैन, उनले भने, ‘निर्वाचनको बेला घरमा आएर मुसहरको ओछ्यानमा बसेर सबै समस्या अब हट्ने प्रतिवद्धता जनाएका नेता पनि झुटो भए। विराटनगर १२ बखरीमा ४ पुस्ता अगाडिदेखि बसोबास गर्दै आएका मुसहर समुदायले जंगल फाँडेर बसे पनि ऋषिदेव समुदायको अहिले बखरीस्थित चार टोल छन्। प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाको सुकुम्बासी बस्तीको दैनिक जीवनको अवस्था छ। टोलमा सडक, बाटो, खानेपानी, सरसफाइ, शौचालयसमेत नगएको अवस्थामा आफूहरुको समस्या समाधान नभएपछि पिरलिएको बताउँछन् मुसहरहरु। ऋषिदेव टोलका दुई सय ६० परिवारको बसोबास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.