MENU

मुसहर बस्तीका बालबालिका स्कूलमा

राजकरण महतो आइतवार, बैशाख १७, २०७४ 28483 पटक पढिएको

Share This

बर्दिबासः  एकिकृत नमुना मुसहर बस्तीका स्कूल उमेर समुहका सम्पूर्ण बालबालिकाहरु विद्यालयको पहुँचमा पुगेका छन् । स्कूल बाहिर रहेका ४ बर्षदेखि १३ बर्ष उमेर समुहका स्कूले विद्यार्थीहरु बस्ती नजिकै रहेको जनता माध्यमिक विद्यालयमा पुगेका हुन् ।

शिक्षाको पहुँचबाट वञ्चित रहदैं आएका बस्तीका १८ जना बालबालिकाहरुलाई विद्यालय भर्ना अभियान अन्तर्गत गत घरदैलो कार्यक्रम संचालन गरेपछि उनीहरु विद्यालयको कक्षा कोठामा पुगेका एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु सादा मुसहरले बताए ।

मुसहर बस्तीबाट विद्यालय जाने बालबालिकाको संख्या एक सय नाघेको विद्यालयका प्रधानाध्यपाक दिलिप तिवारीले बताए । हास्यकलाकार धुर्मुस सुन्तलीको प्रेरणाले विद्यालय बाहिर रहेका मुसहर बस्तीका बालबालिका एक बर्षदेखि विद्यालय जान थालेका मुसहर बस्तीमा सबै भन्दा बढी कक्षा १२ पढेका मञ्जय सादाले बताए ।

विद्यालयमा नयाँ भर्ना भएका बालबालिकाहरुले झोला सहितको शैक्षिक समाग्री पाएपछी मुसहर बस्तीका विद्यालय जना बाँकी रहेका १८ जना बालबालिकाहरु विद्यालय गएका मुसहर बस्तीका कारी माझी मुसहरले बताए । पुस्तौं देखि रोग, भोक, शोकले थलिएका बर्दिबासका मुसहरु पुस्तौंदेखि अशिक्षत रहदैं आएका थिए । तर, नयाँ पुस्ताले गत एक बर्षदेखि विद्यालय जान थालेका हुन् ।

मुसहर बस्तीका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन विद्यालयले ४८ लाखको लागतमा विद्यालय हाताभित्र बालउद्यान, बगैंचा, झरना, चौतारा, रेलिङ्ग सहितको पक्की सडकको योजना बनाएर काम थालिएको विद्यालय व्यवस्थान समितिका अध्यक्ष देवरानायण महतोले बताए । ‘हामीसंग १० लाख छ । अन्य रकम सहयोग संकलन गरेर नमुना विद्यालय बनाउन काम सुरु गरिसकेका छौं,' उनले भने,‘प्राथमिक तहमा मुसहर बस्तीका बच्चाहरु सय भन्दा बढी छन् । उनीहरुलाई विद्यालयमा रमाइरमाई पठनपाठन गर्न गराउने व्यवस्थापनमा लागेका छौं । हरियाली विहिन विद्यालय परिषर दुई महिना भित्रमा गुल्जार बन्छ । '

महोत्तरीमा १० हजार बालबालिका स्कूल बाहिर अझै पनि छ । सचेतना मुलक अभियान संचालन गरेर उनीहरुलाई स्कूलमा ल्याउन महोत्तरीमा विद्यालय भर्ना अभियान चलिरहेको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले बताए ।

प्रतिकृया दिनुहोस

Dish latest