MENU

सेल्फीको सान बढाउँदै स्मार्टफोन

सहदेव चौधरी शुक्रवार, जेठ २६, २०७४ 4657 पटक पढिएको

Share This

पछिल्लो समय विश्वबजारमा स्मार्टफोनले सेल्फी सिस्टमलाई पहिलो प्राथमिकतामा राख्न थालेको छ । ग्राहकको चाहना र इच्छालाई नजिकबाट नियाल्दै विभिन्न कम्पनीले सेल्फीलाई आफनो स्मार्टफोनको सानको रूपमा प्रस्तुत गर्दै आएका छन् । विशेषगरी विश्वबजारका एन्ड्राइड मोबाइलले सेल्फीलाई आफ्नो ब्रान्डको रूपमा चिनाउँदै आएका छन् । तीमध्ये नेपालमा कब्जा जमाउन सफल सेल्फी स्मार्टफोनका बारेमा यहाँ चर्चा गरिएको छ ।

ओप्पो सेल्फीको एक्सपर्ट

क्यामेरा फोनको रूपमा आफूलाई विश्वबजारमा स्थापित गरेको ओप्पो विशेषतः युवा वर्गमा सेल्फीका कारण लोकप्रिय बनेको छ । ओप्पोमा ८ मेगा पिक्सेलको फ्रन्ट फेसिङ क्यामरा रहेको छ भने यसको वाइड एफ १.२० एपर्चर लेन्स रहेको छ । यो स्मार्टफोनमा एक चौथाइको सेन्सर समाहित छ । यसले गर्दा सेल्फी लिँदा क्यानमरामा प्रकाश राम्रोसँग छिर्ने र फोटो सफा आउने गर्छ । यसका साथै यस सेल्फीले ५ मेगा पिक्सेल क्यामेराको भन्दा ३० प्रतिशत बढी क्लियर फोटो खिच्ने र ४० प्रतिशत बढी प्रकाश चम्काउने गर्छ ।

यस्तै एफथ्रीमा डुअल फ्रन्ट क्यामेरा उपलब्ध भएकाले एकल सेल्फीका लागि १६ मेगापिक्सेल र गु्रप सेल्फीका लागि वाइड एंगल लेन्ससहितको क्यामेरा जडान गरिएको छ । यो स्मार्टफोनमा प्रयोग भएको डबल भ्यु गु्रप सेल्फी क्यामेराले साधारण सेल्फी क्यामेराको तुलनामा दुई गुणा बढी फिल्ड अफ भ्यु दिन्छ ।

ओप्पोसँगै भित्रिएका कतिपय मोबाइल ब्रान्डको नेपाली बजारमा हिस्सा छैन । आक्रामक बजार विस्तारको रणनीति लिएको ओप्पो स्मार्टफोन सेल्फी नेपाली बजारमा ग्राहकको रोजाइमा पर्न सफल पनि भएको छ । नेपालमा मात्र नभई स्मार्टफोनको विश्वबजारमा पनि ओप्पोले आफूलाई अब्बल साबित गरेको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) ले जारी गरेको रिपोर्टअनुसार चाइनिज ब्रान्ड ओप्पो सन् २०१६ मा १६ दशमलव ८ प्रतिशत बजार हिस्सासाथ चाइनामा नम्बर १ स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भएको थियो । ओप्पो विश्वकै चौथो बेस्ट सेलिङ स्मार्टफोन ब्रान्डका रूपमा रहेको आईडीसीले जनाएको छ ।

सामसुङको अब्बल सेल्फी

सामसुङ विश्वबको पहिलो रोजाइको एन्ड्रोइड स्मार्टफोनमा पर्दछ । यसको सेल्फीमा एलईडी फ्ल्यानस लाइट राखिएको हुन्छ । यसको फ्रन्ट क्या मरामा ५ मेगापिक्सेल देखि १६ मेगा पिक्से लसम्मको सेल्फी क्याोमरा जडान गरिएको छ। सामसुङको सिनाइन प्रोमा १६ मेगा पिक्सेलको सेल्फी क्याेमरा समाहित छ जसमा ६ जीबीको र्‍याम प्रयोग गरिएको छ ।

६.९ मिलिमिटर रहेको यो स्मार्टफोनमा आइफोन ६ भन्दा पातलो छ । यसका साथै यसको सेल्फी क्या.मरामा १.९ एपर्चरको राखिएको छ जसले तस्बिरलाई थप चम्किलो र उपर्युक्त बनाउन मद्दत गर्दछ । यस्तै यसमा दूरीलाई मिलाउने कर्भसमेत राखिएको छ । यतिमात्रै नभएर सामसुङको स्मार्टफोनमा सेल्फी सटलाई इच्छाअनुसार सजिलै सेभ गर्न पनि सकिन्छ ।

साओमीमा अल्ट्रापिक्सेल सेल्फी क्यामरा

नेपाली बजारमा रुचाइएको अर्को चिनियाँ मोबाइल ब्रान्ड हो साओमीको एमआई । एमआईले पछिल्ला समय बजारमा भित्र्योएको एमआई एम ५ सिरिजअन्तर्गतको परिष्कृत र अत्याधुनिक स्मार्टफोन हो एमआई एम ५ प्लस । ५.७ इन्चको फुल एचडी डिस्प्ले रहेको यस स्मार्टफोनमा ४ जीबी र्‍याम र ६४ जीबीको आन्तरिक मेमोरी प्रयोग गरिएको छ । क्वालकम स्न्यापड्रागन ८२१ प्रोसेसर प्रायोग गरिएका कारण यो स्मार्टफोन तीव्र गतिमा चल्नुका साथै यस फोन ह्याङ हुने समस्या पनि हुँदैन ।

एमआई एम ५ प्लस इन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा आधारित छ । यस मोडलमा ४ मेगापिक्सेलको अल्ट्रापिक्सेल फ्रन्ट क्यामेरा प्रयोग गरिएकाले सेल्फी प्रेमीलाई आकर्षित गर्न सक्छ । यस स्मार्टफोनमा १३ :१३ मेगापिक्सेलको डुअल क्यामेरा जडित छ । यसले प्रयोगकर्तालाई डीएसएलआर क्यामेरा सरहको इमेज एक्सपेरिएन्स प्रदान गर्न सक्छ ।

जिओनीमा सेल्फी फ्ल्यास

२० मेगापिक्सेलको सेल्फी क्यामेरायुक्त स्मार्टफोन सेल्फीप्रेमी प्रयोगकर्ता माझ लोकप्रिय बन्दै गएको छ । सेल्फीको लागि जियोनीको एवान स्मार्टफोन सबैको रोजाइमा परेको छ । १६ मेगा पेक्सिेल फ्रन्ट क्यागमरा भएको यो स्मार्टफोनमा सेल्फी फ्ल्यास रहेको छ भने ४ जीबीको रोम रहेको छ ।

२० मेगा पिक्सेलको सेल्फी क्यामेरा राखिएको छ भने पछाडिपट्टि १३ र ५ मेगापिक्सेलका दुईवटा क्यामेरा छन् । ४५५० मिलियम्पियरको ब्याट्री रहेको एनवान प्लस ६ इन्च साइजको ठूलो स्क्रिनयुक्त फोन हो ।

एन वानमा जस्तै यसमा पनि ४ जीबी र्‍याम र ६४ जीवी स्टोरेज क्षमता छ । यी दुवै स्मार्टफोनमा २ मिलिसेकेन्डमै खुल्ने फिंगर सेन्सर रहेको छ भने एन्ड्रोइड ७ अपरेटिङ सिस्टमयुक्त छन् । सुपर सेल्फी, सुपर ब्याट्रीको ट्यागलाइनसहित आएको ए सेरिजले जियोनीको बजार हिस्सा बढाउने देखिएको छ।

हुवावेको हाइडेफिनेसन सेल्फी

चिनियाँ मोबाइल कम्पनी हुवावेका सेल्फी स्मार्टफोन विश्व् बजारमा रुचाइएको छ । तीमध्येज हुवावेको ‘अनर नाइन' मोडलको फोन उत्कृष्ट सेल्फिफोन मानिन्छ । फोन ५.२ इन्च एचडी स्क्रिन तथा एन्ड्रोइड नोगट भर्सनमा उपलब्ध गराइएका यसका स्मार्टफोनमा ४ तथा ६ जीबीको र्‍याम भेरियन्ट समावेश गरिएको छ । यो फोनमा ६४ जीबी इन्टरनल मेमोरीसँगै ३१०० एमएएचको ब्याट्री राखिएको छ । यस फोनमा २० मेगापिक्सेलसहित १२ मेगापिक्सेलको सेन्सर डल क्यामेरा तथा ८ मेगासपिक्सेलको सेल्फी क्यामेरा राखिएको छ।

एक पटक हुवावेले सेल्फी खिच्न नयाँ विश्व कीर्तिमान कायम गरेको थियो । हुवावेको मेट ९ मोडेल फोनले तीन मिनेटमा एक सय ६० वटा हाइ डेफिनेसन सेल्फी खिचेर नयाँ कीर्तिमान राखेको थियो । यसअघि सोही समयमा मेक्सिकोमा १२२ सेल्फी खिचेर बनाइएको रेकर्ड तोड्दै दुबईमा नयाँ कीर्तिमान कायम गरिएको थियो । (एजेन्सीको सहयोगमा)

प्रतिकृया दिनुहोस

Dish latest