MENU

छतबाट खसेकी बालिका भुइँमा नपुग्दै उद्धार

अन्नपूर्ण बुधवार, जेठ ३१, २०७४ 135223 पटक पढिएको

Share This

बाँके : सशस्त्र प्रहरीले घरको छतबाट खसेकी बालिका जमिनमा नपुग्दै उद्धार गरेको छ। बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित बीपीचोकमा जेठ ३० गते साँझ एक घरको छतबाट खस्दै गरेकी बालिकालाई जमिनमा पर्नु अगाडिनै सशस्त्र प्रहरीले समाती सकुशल उद्धार गरेको हो।

स्थानीय नफिज करिवालको तीन वषीया छोरी जयनत करिवाललाई साँझ सवा चार बजे दुई तले घरको छतबाट खस्दै गरेको अवस्थामा देखेर त्यही ठाँउमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उद्धार गरेका हुन्।

बच्चा छतबाट खस्दै गरेको देखेका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर कठायतले ती बालिकालाई जमिनमा पर्नुभन्दा पहिल्यै समातेर उद्धार गरेका थिए।

सो ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट सशस्त्र प्रहरी नायव निरीक्षक कठायतसहितको एपीएफ टोली ड्युटीमा खटिएको थियो।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100