MENU

एनएमबीका एकैपटक चार शाखा विस्तार

अन्नपूर्ण आइतवार, असार ४, २०७४ 89 पटक पढिएको

Share This

काठमाडौं : एनएमबी बैंकले एकैपटक चार स्थानमा शाखा विस्तार गरेको छ । बैंकले म्याग्दीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौंडा तथा नवलपरासीको कावासोतीमा एकैपटक शाखा सञ्चालनमा ल्याएको हो । स्थानीय ग्राहक, उघोगी, व्यापारी तथा पत्रकारको उपस्थितिमा विभिन्न कार्यक्रम गरी बिहीबारबाट चार नयाँ शाखा सञ्चालनमा आएको हो ।

नयाँ शाखाको विस्तार भएकोमा खुसी व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले देशको विभिन्न स्थानमा एनएमबी बैंकको नयाँ शाखा सञ्चालनले सरल बैकिङ पहुँचमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको जानकारी गराउनुभयो । नयाँ शाखाको सुरुवातसँगै एनएमबी बैंकको कुल ८० शाखा ६४ एटीएम र पाँच एक्सटेन्सन काउन्टर पुगेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

Dish latest