MENU

आई पे रेमिटेन्स र सानिमा बैंकबीच सम्झौता

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 158 पटक पढिएको

Share This

काठमाडौं : विदेशमा रहेका नेपालीले श्रम गरी आर्जन गरेको रेमिटेन्स मुलुक भित्याउँदै आएको रेमिटेन्स कम्पनी आई पे रेमिटेन्स र सानिमा बैंक लिमिटेडबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौतासँगै विदेशबाट आई पेमार्फत पठाएको पैसा सानिमा बैंकका सम्पूर्ण शाखाबाट ग्राहकले भुक्तानी लिन सक्नेछन् ।

विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्याउँदै आएको आई पेले अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, अस्ट्रेलिया, जापानलगायत नेपाली कार्यरत सबैजसो मुलुकबाट विभिन्न रेमिटेन्स कम्पनीसँग सहकार्य गरी नेपालमा रेमिटेन्स भित्याउँदै आएको छ ।

आई पे रेमिटेन्सको नेपाल भर ३५ सयभन्दा बढी भुक्तानी काउन्टर छन् । यसका साथै बैंक वित्तीय संस्थाको पहुँच नभएको क्षेत्रमा यस्ता भुक्तानी काउन्टरबाट ग्राहकले भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

Dish latest