MENU

सम्सारा रेमिट र अलमिरकाबबीच सम्झौता

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 217 पटक पढिएको

Share This

काठमाडौं : सम्सारा रेमिट प्रालि र अलमिरकाब एक्सचेन्जबीच रेमिटेन्स सम्झौता भएको छ । आफ्नो स्थापनाकालदेखि नै वित्तीय कारोबारका क्षेत्रमा उल्लेखनीय उपस्थितिका साथ सेवा प्रवाह गर्दै आएको सम्सारा रेमिटले आफ्नो सेवालाई देश र विदेशमासमेत थप गर्न यो सम्झौता गरेको हो ।

कम्पनीले सेवाग्राहीलाई सहज र सबल रूपमा रेमिटेन्स सेवा उपलब्ध गराउने उद्देश्यले दुवईको कतारस्थित अलमिरकाब एक्सचेन्जसँग द्विपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सम्सारा रेमिट प्रालिका कार्यकारी उपाध्यक्ष जीवनाबाबु श्रेष्ठ र अलमिरकाब एक्सचेन्जको तर्फबाट संस्थाका महाप्रबन्धक आयुग चोगाले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौतापश्चात विदेशस्थित सेवाग्राहीले अलमिरकाब एक्सचेन्जका त्यहाँका सातवटा शाखा कार्यालयबाट नेपालभर रहेका यस रेमिट प्रालिका ४२०० भन्दा बढी सहायक प्रतिनिधिका माध्यमबाट सोझै रकम भुक्तानी लिन सकिने वा सम्बन्धित बैंकको बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । आगामी दिनमा सम्सारा रेमिटले विश्वका अन्य देशमासमेत रेमिटेन्स व्यवसायलाई थप प्रगतिशील र सहज बनाउन आवश्यक पहल र गृहकार्य गरिरहेको व्यहोरा यस सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100